सरकारद्धारा लडाकु समायोजन सम्बन्धी कार्यविधी पारित, जेठ १४ सम्म बन्द हडताल नगर्न आग्रह

३ बैशाख २०६९, आईतवार ०८:५४ मा प्रकाशित


काठमाडौ, ३ बैशाख । सरकारले माओवादीका लडाकुको समायोजन सम्बन्धी कार्यविधी २०६९ पारित गरेको छ ।
आज बसेको मन्त्री परिषदको बैठकले सो कार्यविधी पारित गरेको हो । कार्यविधीमा नेपाली सेना मातहत रहने गरी ४ वटा महानिर्देशनलाई बनाउने र बढीमा ६ हजार ५ सय लडाकुको समायोजन गर्ने उल्लेख छ ।
त्यसैगरी अधिकृत पदमा लडाकुको छनौट गर्न लोकसेवा आयोगका अध्यक्ष वा उनले तोकेको प्रतिनिधिले चयन गर्ने र अन्य पदमा भने नेपाली सेनाकै अधिकृत रहेको छनौट समितिले टुङग्याउने कार्यविधीमा उल्लेख छ ।
महानिर्देशनालयको नेतृत्व र नेपाली सेनाको पुर्नसंरचना भने समायोजनकोलागी लडाकुको छनौट प्रकृया सकिएपछि टुङग्याउने उल्लेख छ ।
आजको बैठकले शान्ति प्रक्रिया निष्कर्समा पुग्न लागेको निष्कर्स निकाल्दै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलाई संविधान निर्माणको कार्यमा गंभिर भएर जुटन र आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आब्हान पनि गरेको छ ।
त्यसैगरी बैठकले संविधान निर्माणको अन्तिम समय जेठ १४ गतेसम्म कुनै पनि प्रकारको बन्द हडताल नगर्न पनि आग्रह गरेको छ । बैठकमै प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आज देखि तीन दिन सम्म बन्दको आब्हान गरेको सत्तारुढ जनमुक्ती पार्टीका तर्फबाट श्रम तथा यातायात मन्त्री बनेका एमएस थापालाई बन्द फिर्ता लिन चेतावनी दिएका थिए । प्रधानमन्त्रीको चेतावनी पछि आजै सो समूहसँग शान्ति मन्त्रालयमा बन्द फिर्ताको विषयमा बार्ता हुने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको