डिल्लीबजार सदर खोरबाट निस्किए खुमबहादुर खड्का

२३ आश्विन २०७०, बुधबार १९:३९ मा प्रकाशित

काठमाडौ, २३ असोज । काँग्रेस नेता खुमबहादुर खड्का भ्रष्टाचारको अभियोगमा झन्डै डेढ वर्षको जेल जीवन विताएर बुधबार ताम झाम सहित रिहा भएका छन । हजारौ समर्थकहरु सहित डिल्लीबजार सदर खोरबाट खड्का बाहिरिदा लाग्थ्यो यो कुनै बिजय उत्सब हो । समर्थक र कार्यकर्ताहरुको जय जय कार सहित बाहिरिएका खड्काले  डिल्लीबजार सदर खोरबाट बाहिरिए लगत्तै शान्ति बाटीकामा रहेको गणेशमान सिहको सालिकमा माल्यार्पण गरेर कार्यकर्तालाई संबोधन गरेका थिए । उनलाई स्वागत गर्न उनका समर्थकहरु वीपी कोइरालाको फोटो भएको सेतो टिसर्ट लगाएर डिल्लीबजार सदर खोर पुगेका थिए । उनीहरुले खड्का र नेपाली काग्रेसको पक्षमा नारावाजी समेत गरेका थिए । खड्काले जेल बाट रिहा हुने बित्तिकै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफूले सरकारी सम्पत्ती हिनामिना गरेको कुनै प्रमाण नभए पनि अदालतले अनुमानको भरमा सजाय दिएर आफूलाई अन्याय गरेको बताए । खड्काले आफ्नो राजनीतिक यात्रा समाप्त पार्ने गरी नियोजित रुपमा जेल पठाएको आरोप समेत लगाए । उनले आफू नेपाली काग्रेसको केन्द्रीय सदस्य रहेकोले आगामि निर्वाचनमा पार्टीले दिएको जिम्मेवारी अनुसार अघि बढ्ने उल्लेख गर्दै जेलभित्र बस्दा आफू मुलुकको अवस्थाको बारेमा मात्रै चिन्तन रहेन गरेको बताए । खड्काले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिरै राखेर गरिने निर्वाचनले द्धन्द निम्त्याउने दावी गर्दै त्यस अवस्थाका जिम्मेवारी प्रमुख दलले लिनु पर्ने बताए । खड्कालाई गत वर्षको साउन ३० गते सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैया जरिवान र त्यतीनै विगो तिराउने फैसला गरेको थियो । सोही फैसला बमोजिम उनी साउन ६ गते जेल गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको