सरकारमै भएको पार्टीको बन्द आब्हान, प्रधानमन्त्रीद्धारा मन्त्रीबाट हटाउने चेतावनी

३ बैशाख २०६९, आईतवार ०८:५३ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीमा खासै परेको छैन । यातायातका साधनहरू निर्वाध सन्चालन भइरहेका छन् भने बजारहरू पनि खुलेका छन् । शिक्षण संस्थाहरूमा भने सामान्य असर परेको छ । सङ्घीय राज्य सुनिश्चितताको माग गर्दै सरकारमै सहभागी राष्ट्रिय जनमुक्ति पार्टीले बन्द आह्वान गरेको हो । प्रधानमन्त्रीले बन्दको कार्यक्रम फिर्ता लिन राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवम् श्रममन्त्री एमएस थापालाई आग्रह गरे पनि पूर्व निर्धारित कार्यक्रम फिर्ता लिन नसकिने जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीले सरकारमा बसेको पार्टीले बन्द गर्न नमिल्ने भन्दै बन्द फिर्ता नलिएर पदमुक्त गर्ने चेतावनी दिएका थिए । मन्त्री थापाले भने आफूले प्रयास गर्ने बताए पनि बन्द भने औपचारिक रुपमा फिर्ता हुन सकेन ।  आदिवासी जनजाति र सरकारबीच भएका यसअघिका सम्झौता कार्यान्वयन नभएको भन्दै पार्टीले आजदेखि तीन दिनसम्म नेपाल बन्द आह्वान गरेको छ ।
यसैवीच राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको नेपाल बन्दको मध्य पहाडी जिल्लाहरुमा सामान्य प्रभाव परेको छ । हिजोको तुलनामा पुरानो बसपार्कबाट अरनिको राजमार्ग अन्तर्गत भक्तपुर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लातर्फ चल्ने भाडाका यातायातहरु कम चलेका छन् । त्यसै बीपी राजमार्गमा पनि यात्रुबाहक बसहरु कमै मात्रामा चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी धुलिखेल र पनौतीबाट राजधानी काठमाण्डु चल्ने छोटो दुरी यातायातमा कमै सञ्चालनमा आएका छन् ।
यता बिहानैदेखि दाङमा पनि बन्दको प्रभाव परेको छ । यसक्षेत्रमा बिहानैदेखि दाङबाट जिल्ला बाहिर जाने र जिल्लाभित्र आउने यातायातका साधन सञ्चालनमा आएका छैनन् भने कलकारखाना, शिक्षण संस्थासमेत पूर्णरूपमा बन्द छन ।
चितवनमा पनि बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण हिजो अस्तिको तुलनामा केही सवारी साधन कम मात्रामा चलेका छन् भने बजार पसलहरु पनि आंशिक मात्रामा खुलेका छन् ।

बाँकेमा बन्दको परेको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्गमा कुनै पनि सवारी साधन सन्चालनमा नआएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ । बन्दका कारण आज बिहानैबाट यस क्षेत्रका बजार व्यवसाय, कलकारखाना, शिक्षण संस्थासमेत पूर्ण रूपमा बन्द रहेका छन ।
धादिङ सदरमुकाम धादिङबेसीमा बन्दकर्ताको उपस्थिति विना नै बजार, शिक्षण संस्था र यातायात ठप्प भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको बन्दका कारण जिल्लाबाट छुट्ने र जिल्ला भित्रिने कुनैपनि सबारी साधन चलेका छैनन् । धादिङबेसी पुछारबजार देखि सिरानबजारसम्म खोज्दा बन्दकर्ता एकजना पनि भेटिएनन् । आजबन्द रे भरेन सुनेका धादिङका व्यावसायीहरुले बन्दकर्ताको डरका कारण आफैं सोधी–सोधी बजार बन्द गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार