शुशिल कोइरालाको उम्मेदवारी फिर्ता भन्ने बिज्ञप्ति किर्ते, देशभर बागी उम्मेदबार कायमै

२२ आश्विन २०७०, मंगलवार २२:४७ मा प्रकाशित

काठमाडौ, २३  असोज । काँग्रेस सभापति शुशिल कोईरालाले चितवन क्षेत्र नं ४ बाट उम्मेदवारी फिर्ता लिएको भन्दै जारी गरिएको बिज्ञप्ति किर्ते भएको थाहा भएको छ । काँग्रेसको नाममा जारी गरिएको किर्ते बिज्ञप्तिमा काँग्रेस सभापति शुशिल कोईरालाले चितवन क्षेत्र नं ४ बाट उम्मेदवारी फिर्ता लिएको भनिएको थियो । काँग्रेसको नाममा बनाइएको फेसबुक पेजबाट बिज्ञप्ति जारी भएपछी उक्त समाचारले सनसनी मच्चाएको थियो । काँग्रेसको आधिकारीक जस्तो देखिने फेसबुक पेजबाट जारी बिज्ञप्तिमा चितवनका पार्टी प्रतिनिधिहरुसंग भएको छलफल पश्चात पार्टी सभापति कोइरालाले उमेद्वारी फिर्ता लिने निर्णय गरेको बताइएको थियो ।
देशभर  बागी उम्मेदबार कायमै:
कांग्रेस सभापति सुशील कोइराला बिरुद्द बागी उम्मेदबार बनेका चितवनका विकास कोइरालाले आफ्नो उम्मेदवारीलाई कायमै राखेका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बिरुद्द बागी उम्मेदबारी दिएका तरुण दलका पूर्णबहादुर गुरुङले पनि  क्षेत्र नं. २ बाट आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । नवलपरासी क्षेत्र नं. ४ मा कांग्रेस जिल्ला सभापति देवेन्द्रराज कँडेलविरुद्ध बागी उम्मेदबारी दिएका क्षेत्रीय सभापति गुणनीधि तिवारीले पनि उम्मेदवारी फिर्ता लिएनन् । उता पार्टी अध्यक्ष पुष्पकमल दाहालकि बुहारी बिना मगर बिरुद्द कञ्चनपुरमा क्षेत्र नं. १ मा एमाओवादीबाट बागी उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका गगनबहादुर सिंहले भने उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै कैलाली क्षेत्र नं. ६ मा कांग्रेस नेता शेरबहादुर देउवाविरुद्ध बागी उम्मेदवारी दिएका गंगा कुँवरले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उता  धनुषा क्षेत्र नं.१ मा  एमाओवादी उम्मेदवार रामचन्द्र झाविरुद्ध उम्मेदवारी दिएका एमाओवादी केन्द्रीय सदस्य श्रवण भनिने योगकुमार यादव बरवरियाले बागी उम्मेदवारी फिर्ता लिएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका