बागी उम्मेदवार र तीनका प्रस्तावक, समर्थकलाई कारवाही हुन्छ: महामन्त्री सिंह

२२ आश्विन २०७०, मंगलवार १९:१४ मा प्रकाशित

काठमाडौ, २२ असोज । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले संबिधानसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका दिएका माथि कारवाही गर्ने चेतावनी दिएका छन । मंगलबार काठमाडौं कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा काँग्रेस महामन्त्री प्रकाशमान सिंहले पार्टीको आधिकारिक उमेदवार विरुद्ध उम्मेदवारी दिएका दिएका माथि कारवाही गर्ने चेतावनी  दिएका हुन् । महामन्त्री सिंहले भने, ‘बागी उम्मेदवारी दिनेलाई फिर्ताका लागि हरसम्भव प्रयास भैरहेको छ तर फिर्ता नलिने उमेदवार, प्रस्तावक र समर्थकलाई पार्टीको बिधान अनुरुप कार्वाही गरिन्छ । उनले घोषणा पत्रको अन्तिम तयारी भैरहेको र छिट्टै सार्वजनिक गरिने जानकारी दिए । महामन्त्री सिंहले पार्टीको मुख्य एजेण्डा राजनीतिक स्थिरता र गणतन्त्रको संस्थागत विकास रहेको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक