आजबाट शीर्ष नेताहरुले संविधानको विवादीत विषयमा गोप्य छलफल गरेर सहमति जुटाउने

३ बैशाख २०६९, आईतवार ०८:५१ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । संविधानका विवादित बुँदा र राष्ट्रिय सहमतिको सरकार गठनको बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज गोप्य बैठक हुने भएको छ । बैठकमा एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सहभागी हुनेछन् ।  माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने बिषयमा दलहरुबीच हिजो सहमति भएपछि संविधान निर्माणमा केन्द्रीत हुने र भावी संविधानका विवादित बुँदामा सहमति गर्ने बारेमा गोप्य बैठकमा छलफल हुनेछ । भावी संविधानका विवादित बुँदामा सहमति गर्न दिइएको समयावधि सकिन २ दिन बाँकी छँदा दलहरु संविधानको बिषयमा मात्र छलफल गर्न बैठक बस्न लागेका हुन् । स्रोतका अनुसार बैठक मध्यान्ह १२ बजेपछि हात्तिबन रिसोर्टमा बस्ने छ । तर औपचारिक रुपमा स्थान र समयको बारेमा कसैले पनि पुष्टि गरेका छैनन । पछिल्लो पटक बसेको संविधानसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले यही ५ गतेसम्ममा भावी संविधानका विवादका बुँदामा सहमति गर्न दलहरुलाई समय दिएको थियो । एमाले नेता भीम रावलले लडाकु समायोजनबारे सहमति भएकोले अब संविधान निर्माणमा ध्यान केन्द्रीत गर्ने प्रयासस्वरुप आज गोप्य बैठक बस्न लागेको जानकारी दिनुभयो । हिजो बसेको लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकमा महानिर्देशनालयको गठन, दर्जा, छनौट समिति, मादण्डको विषयमा दलहरुबीच सहमति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार