बुद्ध जन्मस्थल लुम्बिनी भएको संदेश सहित विश्व शान्ति यात्रीहरु ब्राजिलमा

२२ आश्विन २०७०, मंगलवार ०५:३५ मा प्रकाशित

ब्राजिल, २२ असोज । भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको संदेश सहित विश्व शान्ति यात्रामा निस्किएका नेपाली युबाहरुको समूह दक्षिण अमेरिकी मुलुक ब्राजिल आइ पुगेका छन् । ब्राजिलको राजधानी साओपाओलोमा भगवान बुद्धको भीमकाय मुर्ति प्रदर्शन गरिरहेका युबाहरुको समूहले भगवान बुद्धको जन्मस्थल नेपाल भएको जानकारी मुलक कार्यक्रमहरु समेत आयोजना गरेका छन् । साओपाओलो स्थित नेपाली दुताबासको सहयोगमा आइतबार भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको संदेश सहित विश्व शान्ति यात्रामा निस्किएका नेपाली युबाहरुले त्यहाँको स्थानिय मानिसहरुको सहभागितामा जानकारी मुलक अन्तरक्रिया समेत सम्पनन गरेका छन् । शान्ति यात्रामाका संयोजक सरोज अर्यालले दिएको जानकारी अनुसार उनीहरु दक्षिण अमेरिकी मुलुक बोलिभिया, ब्रिटिश कोलनी र चिली हुदै उत्तर अमेरिका आउने छन् । दक्षिण अमेरिकी मुलुकहरुको झन्डै चार महिनाको यात्रा पछि उनीहरु भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको संदेश सहित भगवान बुद्धको भीमकाय मुर्ति सहित उत्तर अमेरिका आउने भएका हुन् । साओपाओलो स्थित नेपाली राजदुत प्रद्युम्न शाहले दिएको जानकारी अनुसार भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको संदेश सहित विश्व शान्ति यात्रामा निस्किएका नेपाली युबाहरुको समूहले भगवान बुद्धको भीमकाय मुर्ति सहित गरेको प्रदर्शनले नेपालको बारे जानकरी गराउनुको साथै र भगवान बुद्धको जन्मस्थल लुम्बिनी भएको पुष्टि गर्न ठुलो मद्दत मिलेको छ । राजदुत शाहले भने, भाषा र संस्किर्ती पटक्कै नमिल्ने ब्राजिलमा बिस्तारै नेपाल, सगरमाथा र भगवान बुद्दको जन्म थलो बारे चासो बढेको छ । नेपाल घुम्न चाहनेहरुको संख्या पनि बढ्दै गएको छ ।’  शान्ति यात्रामा निस्किएका नेपाली युबाहरुको समूहले यस अघि दक्षिण कोरिया, हंगकंग, इन्डोनेसिया, चिन, भियतनाम, जापान भ्रमण गरि सकेको छ । संयोजक सरोज अर्यालले दिएको जानकारी अनुसार अमेरिकाको राजधानी वाशिंगटन डिसीमा उनीहरुले झाकी सहित बुद्धको भीमकाय मुर्ति प्रदर्शन, भगवान बुद्धको जन्मस्थल नेपाल र भगवान बुद्धको विश्व शान्तिको संदेश लाई प्रचार प्रशार गर्ने कार्यक्रम आयोजन गर्ने योजना बनाएका छन् । अमेरिकाको कार्यक्रम लगतै उनीहरु बुद्धको भीमकाय मुर्ति सहित भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको संदेश सहित विश्व शान्तिको यात्राका क्रममा युरोप प्रस्थान गर्ने छन् । शान्ति यात्रामा निस्किएका नेपाली युबाहरुको समूहमा सार्थक शर्मा, रमेश पौडेल र संयोजक सरोज अर्याल रहनु भएको छ । संयोजक सरोज अर्यालले गैर आवाशीय नेपालीहरुलाई यो अभियानका क्रममा उनीहरुको यात्रामा आवश्यक नैतिक, आर्थिक र भौतिक सहयोगका लागि आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र