निर्वाचन आयोगले रित नपुगेका चारको उम्मेदवारी बदर गर्यो

२१ आश्विन २०७०, सोमबार ०३:२२ मा प्रकाशित

काठमाडौ, २१ असोज । संबिधान सभा निर्बाचन अन्तर्गत प्रत्यक्ष तर्फको २ सय ४० निर्वाचन अधिकृतका कार्यालयमा परेका उजुरी छानबिनमा चार जनाको उम्मेदवारी बदर भएको छ । उनीहरुको उम्मेदबारी उमेर नपुगेको र दलको टिकट नमिलेको कारण आयोगले बदर गरेको हो । दोस्रो संबिधान सभा निर्बाचन अन्तर्गत २ सय ४० क्षेत्रका लागि गत बिहीबार ६ हजार ३ सय ५२ जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये १ हजार ४ स्वतन्त्र, ५ सय ९१ महिला रहेका छन् । निर्बाचन आयोगका अनुसार पर्सा-३ का स्वतन्त्र उम्मेदवारी दर्ता गराएका आलोककुमार चौरसिया र धादिङमा चुरेभावर राष्ट्रिय एकता पार्टीका तर्फबाट मनोनयन दर्ता गरेका सुदन खाँडको उमेर नपुगेको हो । नुवाकोट-२ मा एमालेको आधिकारिक दाबी गर्दै बद्री मैनालीले पेस गरेको कागजात पुष्टि नभएपछि उम्मेदवारी खारेज भएको छ भने पर्सा-३ मा सत्यनारायण प्रसादले पनि नेपाल सद्भावना पार्टीको आधिकारिक पत्र पुष्टि गर्न नसकेकाले उनको उम्मेदबारी आयोगले कह्रेज गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आयोगले दाबी विरोधका लागि शनिबारसम्मको समय दिइएको थियो । निर्वाचन कार्यक्रमअनुसार आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल