ग्यासको हाहाकार

२१ आश्विन २०७०, सोमबार ००:३३ मा प्रकाशित

काठमाडौ, २१ असोज । दशैं नजिकिंदै गर्दा देशका बिभिन्न स्थानमा खाना पकाउने ग्याँसको हाहाकार शुरु भएको छ। यसैक्रममा सुर्खेतमा ग्यासको हाहाकार भएपछि यहाँका सर्वसाधारणलाई दसँैका बेला घरमा कसरी आगो बाल्ने हो भन्ने चिन्ता हुन थालेको बताइएको छ। खाना पकाउनका लागि प्रयोग हुँदै आएको ग्यास दुई महिनादेखि हाहाकार भएपछि सर्वसाधारणलाई सास्ती भएको छ। जिल्लामा एक महिनामा १२ हजारभन्दा बढी ग्यास सिलिन्डरको आवश्यक पर्ने भएपनि पछिल्लो दुई महिनामा अधिकांश उपभोक्तालाई ग्यास आपूर्ति भएको छैन। १२ हजार सिलिन्डर ग्यास आउनुपर्नेमा साउनमा सात हजार ८४५ सिलिन्डर र भदौमा नौ हजार ६३२ सिलिन्डर ग्यास मात्रै आपूर्ति भएको आयल निगमले जनाएको छ। त्यस्तै रेडियन्टले साउनमा तीन हजार सिलिन्डरको माग गरेकामा एक हजार ३५० र भदौमा एक हजार ६५० मात्रै पूर्ति गरेको छ। मनकामनाले तीन हजार ५०० माग गरेकामा साउनमा एक हजार ३५० र भदौमा एक हजार ८४७ र राप्ती ग्यासले चार हजार माग गरेको भए पनि साउनमा एक हजार १४५ र भदौमा एक हजार ७३५ वटा सिलिन्डर मात्रै आपूर्ति गरेको आयल निगम सुर्खेतको तथ्याङ्कमा उल्लेख छ। यहाँबाट ग्यासको आधिकारिक बिक्री गर्ने गरेको भेरी ग्यास उद्योग बाँकेले भारतको बरुनीबाट ग्यास ल्याउने गरेकोमा अहिले त्यहाँको कम्पनीमा ग्यास उत्पादन गर्ने मेसिन मर्मत गर्नुपर्ने भन्दै ग्यास उत्पादन रोकिएकाले ग्यास आपूर्तिमा असहजता आएको हो। हाल भेरी लगायतका कम्पनीले भारतकै मथुराबाट ग्यास ल्याउन थालेपछि ढुवानी बढेको भन्दै ग्यासको मूल्यप्रति सिलिन्डर ३ देखि ५ रुपैयाँ बढाउन दबाब दिन आएकोले ग्यासका बुलेटहरू रुपैडिया नाकामा नै रोकिराखेका छन््। मथुराबाट ग्यास ल्याउँदा लागेको ढुवानी आयल निगमले तिर्नुपर्ने माग राख्दै कम्पनीले दबाब दिन खोज्दा बजारमा ग्यास अभाव भएको आयल निगमको भनाइ छ। १२ दिनदेखि भेरीले भारतको मथुराबाट ल्याएको आठ र अन्यका चार गरी १२ बुलेट ग्यास रुपैडियामा नै थन्काइएको बताइन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ