बेलायतमा दम्पत्ति खोज्दै विमला

२० आश्विन २०७०, आईतवार २०:५५ मा प्रकाशित

नविन पोख्रेल, लन्डन । यतिखेर विमला सेने सुव्वालाई नेपाली दम्पत्ति खोज्ने जिम्मा छ । गत सेप्टेम्बर २ देखि नमस्ते युरोपको प्रस्तुति साप्ताहिक कार्यक्रम ‘दम्पत्ति’ सञ्चालनमा आएपछि विमलालाई अहिले हप्तै पिच्छे अतिथीका रुपमा नेपाली दम्पत्ति जुटाउनु छ ।

बेलायतको व्यस्तता अनि शुरु शुरुमा ‘हाइ फिगर’ खोज्नु पर्ने भएकाले दम्पत्ति खोज्न कम चुनौती भने छैन् । तर, कार्यक्रम शुरु भएको पाँच सातामै सबैको पूर्ण साथ र समर्थनले थप उत्साह भइरहेको उनले सुनाइन् ।

यसअघि महिला सम्वन्धि कुनै कार्यक्रम चलाउने सोच भएपनि नमस्ते युरोपका निर्देशक राजेन्द्र भट्टसंग भेट भएपछि पहिल्यै परिकल्पना गरिएको दम्पत्ति कार्यक्रम सञ्चालन गरिएको उनले प्रष्ट्याइन् । ‘यो दम्पत्तिबीचको विल्कुल अनौपचारिक कफी गफ हो’, उनले कार्यक्रमबारे भनिन्, ‘यसमा निर्धक्क आफ्ना कुरा राख्न सकिन्छ । धेरै जानेको वा सक्षम हुनुपर्ने भन्ने केही छैन् ।’

बेलायतको नेपाली समुदायमा श्रीमान् मात्र अगाडि आएका छन्, उनीहरुकै चर्चा छ । तर, श्रीमान्को हरेक क्रियाकलापमा साथ दिने श्रीमति चाहिं किन ओझेल छन् ? उनीहरुको आन्तरिक कुरा के छ, के गर्छन् ? सामाजिक कार्यमा व्यस्त भइरहेका आफ्ना श्रीमान्लाई उनीहरु कसरी समय दिन्छन् ? विदेशमा छँदाको फेमिली लाइफ र नेपाल छंदाको फेमिली लाइफबीच कस्तो अन्तर छ ? यस्तै यस्तै बारेमा उजागर गर्नेछ कार्यक्रमले ।

आधा घण्टाको त्यो कार्यक्रम नेपाली टिभी यूके, गोर्खा टिभी यूके, ह्वाइट हिमाल टेलिभिजन अमेरिका र एमएन टेलिभिजन अष्टेलियाबाट प्रसारण हुने विमलाले जनाइन् । दम्पत्तिका निर्माता देव गुरुङ हुन् भने निर्देशन र छायांकनको जिम्मेवारी राजेन्द्र भट्टमाथि छ ।

पूर्वाञ्चलको पहिलो एफएम सप्तकोशीमा करिब एक दशक र बीएफबीएस् हङकङमा अढाई वर्ष जति कार्यक्रम चलाइन् उनले । आर जेको अनुभव भएपनि टिभीमा कार्यक्रम सञ्चालन भने यो नै पहिलो हो उनका लागि ।

विमला एक्स् ब्रिटिश आर्मीकी धर्मपत्नी भएपनि पल्टनमा उनी अढाई वर्ष पनि बिताइनन् । लाहुरेनीको तडकभडक भन्दा आफ्नो करिअरमा बढि ध्यान दिएर उनले विहेपछि बीकम र एमबीए सिध्याइन् । अहिले पनि उनी एसीसीए अध्ययनरत छन् । एकाउन्टेन्टको काम पनि गरिन् उनले । करिअरप्रति बढि सजग र सादा जीवन शैलीका कारण प्रायले सिभिल वुमनकै रुपमा बढि चिन्छन् उनलाई ।

सुनसरी, इटहरीकी स्थायी निवासी विमलाको सामाजिक गतिविधिमा समेत उत्तिकै संलग्नता छ । यसै साता उनी जनजाति महिला महासंघ यूकेको महासचिवमा नियुक्त भएकी छिन् । यसअघि उनी किरात याक्थुङ चुम्लुङ यूकेमा समेत सक्रिय भइन् । बेलायतमा हुने अधिकांश कार्यक्रममा उद्घोषणको भूमिका पनि उनले निर्वाह गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न