बिबादास्पद अभिव्यक्ति दिने प्रधानसेनापतिलाई कारबाही गर: बैद्य माओवादी

२० आश्विन २०७०, आईतवार १९:३० मा प्रकाशित

काठमाडौ, २० असोज । बैद्य माओवादीसहितको ३३ दलीय मोर्चाले भारत भ्रमणका क्रममा प्रधानसेनापति गौरव शमशेर राणाले कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै नेपाल सरकारसँग प्रधानसेनापतिलाई कारबाही गर्न माग गरेको छ । मोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म आयोजना गरिएका बहिष्कार आन्दोलनका कार्यक्रमहरु सम्पन्न भएको उल्लेख गर्दै कार्यक्रमको क्रममा सल्यानमा एमाओवादीका कार्यकर्ताहरुले जनसभामाथि सांघातिक आक्रमण गरी थुप्रै साथीहरुलाई घाइते बनाएको बताइएको छ। उक्त आक्रमणको हाम्रो मोर्चा विरोध एवम् भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा अगाडी भनिएको छ, ‘मोर्चा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको बन्दको कार्यक्रमको क्रममा मोरङमा गिरफ्तार गरिएका मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका ५ जना कार्यकर्ताहरुको अविलम्ब रिहाईको माग गर्दछौं । त्यसै क्रममा प्रहरीको कुटाईबाट घाइते हुनु भएका साथीहरुको निःशुल्क उपचारको माग गर्दछौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा