प्रधानसेनापतिको अन्तर्वार्ता सत्य हैन: नेपाली सेना

२० आश्विन २०७०, आईतवार १९:१७ मा प्रकाशित

काठमाडौ, २० असोज । नेपाली सेनाले प्रधानसेनापति गौरव शम्शेर जबरा भारत भ्रमणमा रहंदा त्यहाँको कुनैपनि सञ्चार माध्यमलाई अन्तर्वार्ता नदिएको स्पष्ट गरेको छ । प्रधानसेनापति गौरव शम्शेर जबराले दिएको भनिएको अन्तर्वार्ताले बिबाद सिर्जना गरेपछि प्रधानसेनापतिले छिमेकी मुलुकहरूको सुरक्षा र त्यससँग सम्बन्धित विषयमा टिप्पणी गर्दै अन्तर्वार्ता दिएको भन्ने समाचारको खण्डन गरेको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सप्ताहव्यापी भारत भ्रमणका बेला प्रधानसेनापतिले कुनै पनि सञ्चारमाध्यमलाई औपचारिक अन्तर्वार्ता नदिएको हुँदा छापामा आएका समाचार तथ्यहीन एवं भ्रामक छन ।’

नेपाली सेना एक पेसेवर, गैरराजनीतिक एवं संविधान प्रदत्त अधिकारभित्र रहेर नागरिक सर्वोच्चतालाई सम्मान गर्ने संस्था हो भन्दै विज्ञप्तिमा नेपाली सेना वा सैनिक नेतृत्वबाट त्यस्ता गैरजिम्मेवार टिप्पणी नभएको जनाइएको छ । प्रधानसेनापति राणा आफ्ना भारतीय समकक्षीको औपचारिक निमन्त्रणामा यही असोज १३ देखि १९ गतेसम्म साता ब्यापी भारत भ्रमण सम्पन्न गरि शनिबार स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो