समायोजनको विवादित विषयमा बन्यो सहमति

२ बैशाख २०६९, शनिबार १८:३६ मा प्रकाशित


काठमाडौ, २ बैशाख ।  माओवादी लडाकुको समायोजन लामो समयदेखि दलहरुवीच विवादित रहँदै आएको थप चार विषयमा सहमति बनेको छ । सेना समायोजन विशेष समितिले गठन गरेको चार सदस्यीय कार्यदलले विवादित विषयमा सहमति गरेको हो । जसलाई आजै बसेका प्रमुख दलका शिर्ष नेताहरुको बैठकले अनुमोदन समेत गरेको छ । शिर्ष बैठक आजै बालुवाटारमा बसेको हो ।
शिर्ष बैठकले समायोजन हुनेको दर्जा, मापदण्ड, छनोट समिति र महानिर्देशनालय संरचनाको विषयमा रहेको विवादमा सहमति जुटाएर शिर्ष बैठकमा पेश गरेको थियो । कार्यदलले विवादीत विषयमा सहमति गरेर प्रतिवेदन तयार पारेर सेना समायोजन विशेष समितिमा पेश समेत गरेको छ ।

नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले लडाकुको दर्जा निर्धारण गर्ने जिम्मा नेपाली सेनालाई दिने, छनोट समितिमा लोकसेवा आयोगका अध्यक्ष वा उनले तोकेका प्रतिनिधिसहित सेना र विशेष समितिका एक–एक सदस्य रहने गरी सहमति भएको जानकारी दिए ।
विवादित विषयको टुंगो लगाउने जिम्मा माओवादीका वर्षमान पुन, काग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीम रावल र मधेसी मोर्चाका जितेन्द्र देव सदस्य रहेको कार्यदललाई दिईएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको