उम्मेदवारी फिर्ता लिन बैद्य माओवादी सहित ३३ दलिय मोर्चाको आग्रह

१९ आश्विन २०७०, शनिबार १९:०२ मा प्रकाशित

काठमाडौ, १९ असोज । निर्वाचन बहिस्कार अभियानमा जुटेको बैद्य माओवादी सहितको ३३ दलिय मोर्चाले संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएका सबै दलका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह छ । शनिबार ३३ दलीय मोर्चाका तर्फबाट जारी गरिएको अपिलमा विदेशी योजनामा हुन लागेको निर्वाचनमा भाग नलिन आग्रह गरिएको हो । अपिलमा भनिएको छ, ‘राष्ट्रिय सहमति कायम गरी सहमतिको आधारमा संविधानसभाको निर्वाचन गर्न नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाको तर्फबाट गम्भीरता र लचकताका साथ ४ बुँदे प्रस्ताव प्रस्तुत गरिएको तर त्यसलाई चार दलका नेताहरुले हठात अस्वीकार गरी जबर्जस्त रुपमा प्रायोजित निर्वाचन थोपरी द्वन्द्व निम्त्याउन खोजियो ।’ अपिलमा अगाडी भनिएको छ’ ‘उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमति निर्माणको अभियानमा सहयोग पुर्याइदिन ३३ दलीय मोर्चाको तर्फबाट आग्रह गर्दछौ । बैद्य माओवादी सहितको ३३ दलिय मोर्चाको तर्फबाट जारि अपिलमा उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन बिशेष आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका