कुख्यात अपराधी गणेश लामा धरौटीमा रिहा

१८ आश्विन २०७०, शुक्रबार १९:५६ मा प्रकाशित

काठमाडौ, १८ असोज । कुख्यात अपराधी गणेश लामा धरौटीमा रिहा भएका छन् । विजय गच्छेदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएको भोलिपल्टै शुक्रबार तीन करोड धरौटी बराबरको जेथाजमानी बुझाएर कुख्यात गुण्डा गणेश लामा रिहा भएका हुन् । कुख्यात गुण्डा लामा बुढानिलकन्ठ-९ को १६ रोपनीभन्दा बढी जग्गा धरौटी राखी रिहा भएका हुन् ।कुख्यात अपराधी लामाले विजय गच्छेदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको टिकटमा काभ्रे २ क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए । विभिन्न अपराधमा मुछिएका कुख्यात अपराधी लामालाई अवैधरूपले सम्पत्ति आर्जन गरेकोआरोपमा विशेष अदालतले यसअघि तीन करोड धरौटी माग गरेको थियो । सम्पत्तिशुद्धीकरण अनुसन्धान विभागले काभ्रेपलाञ्चोक निवासी कुख्यात अपराधी लामाले २७ करोड एक लाख ६१ हजार ५८ रुपैयाँ बराबरको सम्पति अवैधरूपले आर्जनगरेको आरोपसहित उनीविरुद्ध गत जेठ ५ गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले