बेलायतस्थित नेपाली दुताबासका दुई पूर्व कर्मचारीको आइएलआर खोसिदै

१८ आश्विन २०७०, शुक्रबार ०५:४१ मा प्रकाशित

शोभा शर्मा, लन्डन, १८ असोज । आफ्नो करार नथपिएको आबेगमा  बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे विरुद्ध गैर कुटनीतिक अभिव्यक्ति दिदै बेलायतस्थित नेपाली दुताबास बिरुद्द क्रियाशील रहेका दुई पूर्व कर्मचारीको बेलायतमा स्थायी रुपमा बस्न पाउने आवासीय अधिकार अर्थात इन्डिफिनेट लिभ टु रिमेन (आइएलआर) खोसिने भएको छ । पूर्व स्थानीय कर्मचारीहरु दमन्ता खरेल र सुरेन्द्र भण्डारीको आइएलआर खोस्न बेलायती परराष्ट मन्त्रालय (एफसिओ) ले दूतावाससंग समन्वय गरि प्रक्रिया अघि बढाएको श्रोतले दावी गरेको छ । कुटनैतिक मर्यादा बिपरित एउटा राष्ट्रको प्रतिनिधिको मान मर्यादाको छवि धुमिल पार्ने कार्य राज्य विरुद्धको अपराध सरह भएको निष्कर्षसहित एफसीओले दुताबासका दुई पूर्व कर्मचारीको सम्पूर्ण विवरण लिइ आइएलआर रद्द गरिदिन लागेको हो । नेपाल सरकारको स्थानीय कर्मचारी ऐन अनुसार, करार थप्ने नथप्ने सम्पूर्ण अधिकार राजदूतसंग निहित हुने प्रचलित कानुनलाई जानाजान वेवास्ता गरि ति दुईले राजदूतको मानहानी हुने गरि गालीगलौज गरेपछि एफस ओले यो कठोर कदम चालेको हो । खरेलले दूतावासका कर्मचारीहरुलाई पठाएको धम्कीयुक्त मोवाइल सन्देशलाई पनि एफसीओले गम्भीर रुपमा लिएको छ । यूकेको कानुन अनुसार, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैलाई धम्की वा जिस्क्याउने उद्देश्यले कसैले व्यवहार गरेमा सो व्यक्तिलाई अपराधी सरह कारवाही गरिन्छ । यस सम्वन्धमा प्रतिक्रिया लिन खोज्दा राजदूत चालिसेसंग सम्पर्क हुन सकेन । तर, सम्पर्कमा आएका दूतावासका प्रशासन प्रमुख सूर्यबहादुर थापाले आइएलआर रद्द गर्ने अधिकार दूतावासको नहुने जानकरी दिएका छन् । थापाका अनुसार यसको अधिकार केवल एफसीओलाई मात्र हुन्छ । दूतावासका प्रशासन प्रमुख सूर्यबहादुर थापाले यसबारे थप कुरा बोल्न नमिल्ने बताए । स्मरणरहोस्, भियना कन्भेन्सन् अनुसार कुटनैतिक पदाधिकारीहरुलाई डिप्लोमेटिक इम्युनिटी हुने गर्दछ । यदि कुनै व्यक्ति नेपाली हो र उसले कुटनैतिक व्यक्तिहरुको मानहानी गरेमा एफसीओले कारवाही गर्न सक्छ भने युरोपियन राहदानी बाहक भएमा उसलाई पक्रेर बेलयाती अदालतमा उभ्याउन सक्छ र सम्पूर्ण कानुनी खर्च बेलायत सरकारले बेहोर्ने प्रावधान रहेको छ । स्रोतका अनुसार, अढाई वर्ष अघि देखि दूतावासले वर्षैपिच्छे म्याद थपिदिएर पांच वर्ष अवधि पुरा गरि खरेल र भण्डारीले करिब दुई महिना अघि आइएलआर भिसा पाएका थिए । तर, करार नथपिएको रिसमा राजदूतविरुद्ध विभिन्न मिडियामा अफवाह फैलाएका थिए । राजदूत चालिसेले करार थप्ने बहानामा पांच हजार पाउण्ड मागेको आरोप लगाएका थिए । उनीहरुले राजदुतले आफ्नो मान्छे भर्ना गर्नका लागि आफूहरुलाई निकालेको आरोप लगाउदै आएका छन् ।

विवादको भित्री रहष्य:
यसैबीच, दूतावास विवादबारे थप तथ्यहरु प्रकाशमा आएका छन् । पूर्व राजदूत मुरारीराज शर्माको घरेलु कामदारको रुपमा आएका र पछि दूतावास कार्यालयमा नियुक्त भएका यी दुई पूर्व कर्मचारी आइएलआर पाए पश्चात पनि किन पुनः करार थप्न लालयित भए र करार नथपिएको कारण राजदूत विरुद्ध विभिन्न लाञ्चना लगाउन उद्दत भए भन्ने प्रश्नको पछाडि केही चाखलाग्दा तथ्य उजागर भएको छ । दुताबास स्रोतका अनुसार, दूतावासमा काम गर्ने स्थानीय कर्मचारीहरुको मासिक तलव ज्यादै न्यून छ । बेलायतको नियम अनुसार, न्यूनतम पारिश्रमिक प्रति घण्टा ६ पाउण्ड १९ पेन्स् अर्थात मासिक सालाखाला एक हजार पाउण्ड हुन आउंछ । जबकि नेपाल सरकारले सातै दिन काम गर्नुपर्ने एउटा तल्लो स्तरको कामदारलाई महिनाको तीनसय बीस पाउण्डमात्र दिने गरेको छ । तर, यति थोरै ज्यालामा पनि मानिसहरु काम गर्न मरिहत्ते गर्नुको स्वार्थचाहिं पांच वर्ष बिताएर यहांको आवासीय अधिकार लिनु नै रहिआएको छ । लन्डन दूतावासमा शुरु देखि नै कुटनैतिक कर्मचारीहरुसित आएका घरेलु कामदारहरुले नै दूतावासमा खाली भएको पदहरुमा काम गर्दै आएका छन् किनकि वर्क परमिट भिसाबाहेककालाई यूकेबीएको नियमअनुसार नियुक्त गर्नु गैर कानुनी मानिन्छ र पांच वर्षपछि आइएलआर प्राप्त पश्चात दूतावास छाडी बढि पैसा आउने अन्य जागिरतिर लाग्ने गरेका छन् । तर, पूर्व राजदूतले ल्याएका कामदारहरुको सन्दर्भमा भने भिन्नै खालको परिदृश्य देखा परेको छ । यिनीहरुको योजना अनुसार, दूतावासमा निरन्तरता रोजगारी पाएपछि नेपाल सरकारविरुद्ध यूके अदालतमा ‘‘न्यूनतम पारिश्रमिक नदिएको र श्रम र मानसिक शोषण गरेको’’ भनि मुद्दा दायर गर्ने रणनीति थियो । साथै, मुद्दा अदालतमा गइसकेपछि स्वभाविक रुपमा राजदूतलाई काम गर्न असहज वातावरण सृजना गरि असफल तुल्याउनु थियो । यी सबै योजना असफल भएपछि झोकिंएर उनीहरु सञ्चारमाध्यमलाई प्रयोग गर्दै जथाभावी मानहानी गर्न उत्रेको बताइन्छ । स्मरण रहोस्, राजदूत चालिसे बेलायतको प्रतिष्ठित ग्रासरुट डिप्लोम्याट अवार्डस्बाट गत वर्ष सम्मानित भएका हुन् ।

रोमाण्टिक खरेल:
चाहे नेपाल छंदा होस्, चाहे साइप्रस बस्दा होस्, या लन्डन बस्दा होस्, सबै ठाउंमा अधवैशें खरेलको निम्न चारित्रिक गुण बल्ल सार्वजनिक भएको छ । साइप्रस छंदा बार गर्लको जागिर गर्ने उनको बेलायत आएपछि पनि परपुरुषसंग सांठगांठ, मद्यपान र मोजमस्ती जस्ता जीवन शैलीले उनी बेलायतको नेपाली समुदायबीच चर्चित छिन् । यही क्रियाकलापका कारण उनका सोझो पति प्रतिक भट्ट पटक पटक पारपाचुकेको मनस्थितिमा पुगेको पारिवारिक श्रोतले जनाएको छ । पतिसंग चिसिंदो सम्वन्धका कारण खरेलले आफ्नो फेसबुक स्टाटसमा प्राय सम्वन्ध विच्छेदको सम्भावना व्यक्त गर्ने गरेकी छिन् । स्रोत दावी गर्छ अत्याधिक मदिरापानकी सौखिन दमन्ता मातमा जे गर्न पनि राजी हुने स्वभावका कारण दमन्ताको सुरेन्द्र भण्डारी बाहेक बेलायतका सञ्जय नाम गरेका भारतीय व्यापारीसँग समेत अनैतिक सम्बन्ध रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ