उम्मेदबारी मनोनयन दर्ता शान्तिपूर्ण, मुख्य दलका ठुला नेता बिरुद्द बागी उम्मेदबारी

१७ आश्विन २०७०, बिहीबार १८:५३ मा प्रकाशित

काठमाडौ, १७ असोज । निर्वाचन बहिस्कारको उद्घोष गरेको नेकपा माओवादी तथा ऊसँग सम्बद्ध ३३ दलले ठुलै शुरक्षा चुनौती  दिने अनुमान गरिए पनि देशभर उम्मेदबारी मनोनयन दर्ता शान्तिपूर्ण रुपले सम्पन्न भएको छ । नेकपा माओवादीले बुधबार जारी गरेको विज्ञप्तिमा भेरी तथा कर्णाली क्षेत्रमा बिहीबार सम्पूर्ण यातायात बन्द गर्दै उम्मेदवारी दर्तामा अवरोध पुर्या‍उने जानकारी दिएको थियो । यसैगरी ३३ दलीय मोर्चामा आबद्ध मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले पूर्वका नौ जिल्लामा उम्मेदवारी दर्तामा अवरोध पुर्या‍उने घोषणा गरे पनि त्यस क्षेत्रमा समेत उम्मेदबारी मनोनयन दर्ता शान्तिपूर्ण रुपले सम्पन्न भएको छ । तर उम्मेदबारी मनोनयन दर्ता शान्तिपूर्ण रुपले सम्पन्न भए पनि मुख्य दलले गरेको टिकट वितरण संग असन्तुष्ट कार्यकर्ताहरुले ठुला नेताहरुका बिरुद्द बागी उम्मेदबारी दर्ता गर्ने लहरनै चलेको छ । एमाओवादीका अध्यक्ष प्रचण्डविरुद्ध उनलाई गालामा थप्पड हान्ने पदम कुँवरले काठमाडौ, क्षेत्र न. १० मा बागी उमेद्वारी दर्ता गरेका छन् । त्यसैगरी कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध विकास कोइराला, उपसभापति रामचन्द्र पौडेलविरुद्ध पूर्णबहादुर गुरुङ र युवा नेता गगन थापाविरुद्ध सुप्रभा घिमिरेले बागी उमेद्वारी दर्ता गरेका छन् । यद्यपि एमाले उम्मेदवारविरुद्ध भने बागी उम्मेदबारी परेको खबर प्रा छैन । प्रचण्डलाई झापड हानेर चर्चामा आएका एमाओवादी कार्यकर्ता पदम कुँवरले काठमाडौं क्षेत्र नं १० मा प्रचण्डविरुद्ध बागी उम्मेद्वारी दर्ता गरेका हुन् । कांग्रेस सभापति कोइरालाविरुद्ध चितवन ४ मा विकास कोइरालाले उम्मेदवारी दिएयक छन्छ भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलविरुद्ध तनहँ २ मा तरुण दल केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले बागी उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै कांग्रेसका युवा नेता गगन थापा बिरुद्द काठमाडौं क्षेत्र नं ४ मा कांग्रेस नेतृ सुप्रभा घिमिरेले बागी उमेद्वारी दर्ता गरेकी छिन । घिमिरे यसअघि सोही क्षेत्रबाट प्रत्यक्षतर्फ विजयी संबिधान सभा सदश्य हुन् । धनुषा १ मा एमाओवादीका रामचन्द्र झाविरुद्ध केन्द्रीय सदस्य श्रवण यादवले बागी दिएका छन् । प्रचण्डकी बुहारी विना मगरविरुद्ध कञ्चनपुर १ मा माओवादी कार्यकर्ता गगन सिंहले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं ३ मा एमाओवादी उमेद्वार गणेश उप्रेती विरुद्ध एमाओवादीबाटै गणेश तामाङले बागी उमेद्वारी दिएका छन् भने नवलपरासीमा कांग्रेसका दुई उमेद्वार विरुद्ध बागी उमेद्वारी दर्ता भएको छ । नवलपरासी ३ मा देवेन्द्रराज कँडेलविरुद्ध गुणनीधि तिवारी र क्षेत्र नं ५ मा विक्रम खनालविरुद्ध कांग्रेस नेता राधेश्याम पाठकले वागी उम्मेद्वारी दिएका छन् । काभ्रेमा एमाओवादीका सूर्यमान दोङविरुद्ध वाइसिएल नेता तेजप्रकाश गौतमको वागी उमेद्वारी परेको छ भने ललितपुर २ मा एमाओवादीका सरोजसिंह डंगोलविरुद्ध एमाओवादी कार्यकर्ता जनक थापाले वागी उमेद्वारी दिएका छन् । ललितपुर १ मा कांग्रेस उमेद्वार उदयसमशेर राणाविरुद्ध कांग्रेस कार्यकर्ता गणेशकुमार केसीले बागी उम्मेद्वारी दर्ता गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत