देशभर उम्मेदबारी दर्ता हुदै, एमाओवादीका गणेश तामाङ पहिलो बागी उमेदवार (अपडेट)

१७ आश्विन २०७०, बिहीबार १३:११ मा प्रकाशित

काठमाडौ, १७ असोज । संविधानसभा चुनावका लागि २ सय ४० निर्वाचन क्षेत्रको निर्बाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका नेताहरुले उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रम सुरु भएको छ । एमाले बरिष्ट नेता माधव कुमार नेपालले रौतहट आफ्नो उम्मेदबारी दर्ता गराई सकेका छन् । एमाओवादी नेता बाबुराम भट्टराई रुपन्देही क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता गरी गोरखा तर्फ लागेका छन् । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले वारेस मार्फत् झापा क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन ।

एमाओवादीका गणेश तामाङले काठमाडौं क्षेत्र नम्बर ३ बाट बागी उमेदवारी दिएका छन् । एमाओवादीका जिल्ला सदस्य तामाङले बागी उमेदवारी दर्ता गराएका हुन् । एमाओवादीले काठमाडौं क्षेत्र नम्बर ३ मा गणेश रेग्मीलाई टिकट दिएको थियो ।

काभ्रेमा राप्रपा नेपालले ४ क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । तर क्षेत्र नम्बर २ मा भने राप्रपाका टुड्कु लामाको विरुद्ध काजीमान लामाले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

कार्यकर्ताको तिब्र बिरोध पछि एमाले नेता बिष्णु पौडेल नवलपरासीवाट नलड्ने भएका छन् । क्षेत्र नं ३ बाट उम्मेदवारीको टिकट पाएका बिष्णु पौडेलेको ब्यापक बिरोध पछि एमालेले नवलपरासीकै एमाले नेता कृष्ण पौडेललाई त्यहाँबाट टिकट दिएको छ ।

नवलपरासीमा कांग्रेसका दुई जना युवा नेताले टिकट नदिएको झोकमा बागी उम्मेदवारी दर्ता गराएका छन् । नवलपरासी क्षेत्र नं ४ का क्षेत्रीय सभापति गुणनिधि तिवारीले ४ नम्बरबाट र कांग्रेस निकट स्वास्थ्य विभागका केन्द्रीय सदस्य राधेश्याम पाठकले क्षेत्र नं ५ बाट बागी उम्मेदवारी दिएका हुन् ।

नवलपरासीमै तराई मधेश लोकतान्त्रीक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयेस त्रिपाठीले नवलपरासी क्षेत्र नं ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी कुख्यात अपराधि गणेश लामाले जेलबाटै आफ्नो वारिस पठाएरकाभ्रेको नम्बर क्षेत्र न. २ मा आफ्नो उमेदवारी दर्ता गराएका छन् । कुख्यात अपराधि लामाले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नायिका रेखा थापाले पर्सा १ बाट प्रत्यक्षतर्फको टिकट पाए पनि  मतदाता नामावलीमा आफ्नो उनको नाम नभेटिएपछि नायिका थापा चुनावमा भाग लिनबाट बञ्चित हुनुपरेको छ ।

काठमाडौंमा उम्मेदवारी दिने नेताहरुले संविधान सभा भवनस्थित निर्वाचन कार्यालयबाट उम्मेदवारी दर्ता गराइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान