काठमाडौं काँग्रेसमा भांडभैलो, प्रचण्डसँग हिमालयन टाइगर भिड्दै

१७ आश्विन २०७०, बिहीबार ११:४० मा प्रकाशित

काठमाडौ, १७ असोज । कांग्रेस संसदीय समितिले काठमाडौं क्षेत्र नं. २ मा  प्रतिमा गौतमलाई टिकट दिएको विरोधमा अधिकांश नेता कार्यकर्ता सडकमा ओर्लिएका छन् । काठमाडौं क्षेत्र नं. २ की उमेदबार प्रतिमा गौतमलाई कांग्रेस क्षेत्रीय समितिले अस्वीकार गरेको हो । क्षेत्रीय समितिको सिफारिस विपरीत पार्टी बाहिरबाट उम्मेदवार चयन गरेको भन्दै क्षेत्रीय समितिले अस्वीकार गर्ने निर्णय गरेको हो । क्षेत्रीय समितिको बैठक बसी पार्टीलाई तत्काल उम्मेदवार चयन फिर्ता लिन आग्रह समेत गरेको छ । पार्टीले उम्मेदवार चयन फिर्ता नलिए सिंगो क्षेत्रीय समितिले सामूहिक राजीनामा दिने निर्णय भएको  सभापति उपेन्द्र कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । शीर्ष नेतालाई जिताउने बहानामा पार्टीको संगठन नै ध्वस्त पार्न खोजिएको दाबी सभापति उपेन्द्र कार्कीको थियो । चयन भएको उम्मेदवार प्रतिमा गौतम लाई पनि उम्मेदवारी फिर्ता लिएर कार्यकर्ताको भावनाअनुसार चल्न आग्रह गरिएको छ । बुधबार काँग्रेस संसदीय समितिले क्षेत्रीय समितिको सिफारिस बिपरित प्रतिमा गौतमलाई टिकट दिएको थियो । समितिले उपेन्द्र कार्की, दीपक कुइँकेल, अर्जुन पराजुली , लोकेश ढकाल र जयराम पुडासैनीको नाम  सिफारिस गरेका थियो । यस अघि बुधबारनै पार्टी निर्णयसंग असन्तुष्ट हुदै काँग्रेस केन्द्रिय सदश्य सुप्रभा घिमिरेले पार्टी परित्याग गर्नु भएको थियो ।  यसैवीच काठमाडौमा उम्मेदवारी दिने पहिलो ब्यक्ति बनेका छन चर्चित रेस्लर हिमालयन टाईगर भरत विसुराल । उनले काठमाडौ १० नम्बर क्षेत्रबाट स्वतन्त्र उमेदवारी दिएका हुन । सो क्षेत्रमा एमाओवादी अध्यक्ष प्रचण्डले पनि उमेदवारी दिदैछन ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली