आज देशभर प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुदै

१७ आश्विन २०७०, बिहीबार ०४:१४ मा प्रकाशित

काठमाडौ, १७ असोज । संविधानसभा चुनाव अन्तर्गत प्रत्यक्ष तर्फको २ सय ४० निर्वाचन क्षेत्रमा आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले तोकेको निर्वाचन अधिकृतको कार्यालयमा प्रत्यक्ष तर्फको २ सय ४० निर्वाचन क्षेत्रका उमेदबारहरुले संलग्न रहेको राजनीतिक दलको तर्फबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने छन् । आयोगले निर्वाचन अधिकृतको कार्यालयहरू मार्फत यसअघि नै उम्मेदवारी मनोनयनसहितको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेका छन् । प्रकाशित कार्यक्रमअनुसार बिहीबार कार्यालय समयभित्र दलका उम्मेदवार र स्वतन्त्र व्यक्तिले तीन हजार रुपैयाँ धरौटीसहित उम्मेदवारी दर्ता गर्नुपर्छ । आयोगका अनुसार उम्मेदवारी मनोनयनका लागि नागरिकताको प्रमणपत्र, मतदाता सूचीमा नाम रहेको प्रमाणित कागजात, उम्मेदवारको फोटो र दलको आधिकारिक पत्र (टिकट) आवश्यक पर्छ । दुर्गम क्षेत्रमा हवाई उडान हुन नसकेका र अन्य प्राविधिक कारण दलको टिकट पुग्न नसकेको अवस्थामा फ्याक्सबाट प्राप्त टिकटलाई आधार मानी अस्थायी दर्ता गर्ने व्यवस्था छ । आयोगले दिएको जानकारी अनुसार सम्बन्धित दलको सक्कल पत्र पुगेपछि मात्र त्यसले आधिकारिता पाउने गरी तत्काललाई उम्मेदवारी दर्ता नरोक्न ब्यबस्था मिलाइएको छ । आयोगका अनुसार प्रत्येक उम्मेदवारले दुईभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन पाउँदैन । आयोगले स्पष्ट पारेको छ, ‘निर्वाचन कानुनले अयोग्य नठहरिने व्यक्ति कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्न पाउने भए पनि प्रस्ताव र समर्थक सम्बन्धित क्षेत्रकै मतदाता हुनु पर्ने छ । तर उम्मेदवार स्वयं उपस्थित हुन नसक्ने अवस्थामा आफ्ना प्रतिनिधिमार्फत उम्मेदवारी मनोनयन दर्ता गराउन भने सकिने छ ।’ उम्मेदवारीको विवरणमा त्रुटि हुन नदिन एक उम्मेदवारले एकै क्षेत्रमा तीनवटासम्म पत्र दाखिला गर्न सक्ने व्यवस्था छ । तर प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्ति समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बन्न पाउँदैन । निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गरी निर्वाचनमा सहभागी हुने सबै दलहरूलाई समानुपातिक र प्रत्यक्षतर्फको कुल उम्मेदवारको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आह्वान गरेको छ । निर्वाचन कानुनले समानुपातिक प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ भने समग्रमा महिला उम्मेदवार ३३ प्रतिशत पुग्नुपर्छ । यसै गरि समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यक्रम शुक्रबारका लागि तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप