व्रिटिशगोर्खा कपको उद्घाटन खेलमा थ्रीस्टारको जीत

२ बैशाख २०६९, शनिबार १८:०७ मा प्रकाशित

काठमाडौ, २ बैशाख । सर्वाधिक राशीको राष्ट्रिय फुटवल प्रतियोगिता व्रिटिस गोर्खा कप फुटबलको पहिलो दिन थ्रिस्टारले जीत हासिल गरेको छ । काठमाडौको दशरथ रंगशालामा भएको खेलमा थ्रिस्टारले सङ्कटालाई ४ – ० ले हराएको हो । आउँदो १६ गते सम्म चल्ने प्रतियोगिताका सवै खेल नकआउट प्रणालीमा खेलाइनेछ । प्रतियोगितामा ए डिभिजनका १६ वटा क्लवले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १० लाख तथा उपविजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ । सेमिफाइनल पुग्ने अरु २ टिमले एक÷एक लाख रुपैयाँ पाउनेछन । त्यस्तै प्रतियोगिता भरिको उत्कृष्ट खेलाडीले मोटरसाइकल तथा उत्कृष्ट फरवार्ड मिडफिल्डर, डिफेन्स गोलकिपर र प्रशिक्षकले जनही ५० हजार पाउने एन्फाले  जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय