बेलायतद्धारा म्यानमारमाथिको नाकाबन्दी फुकुवा

२ बैशाख २०६९, शनिबार १८:०५ मा प्रकाशित

काठमाडौ, २ बैशाख । म्यानमारको भ्रमणमा रहनु भएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले म्यानमारमाथिको नाकाबन्दी हटाउने घोषणा गर्नुभएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ् सुकीसँगको भेटघाटपछि बेलायती प्रधानमन्त्री क्यामरुनले म्यानमारमा प्रजातन्त्रको उदय भएकाले प्रतिवन्ध हटाउन लागेको बताउनुभयो । क्यामरुन र सुकीद्वारा संयुक्त रूपमा जारी गरिएको एक विज्ञप्तिमा प्रतिवन्ध हटाउने बिषय उल्लेख गरिएको छ । म्यानमारका राष्ट्रपति थाँसिनले पनि भेटका क्रममा बेलायती प्रधानमन्त्री क्यामरुनसँग प्रतिवन्ध हटाईदिन आग्रह गरेका थिए । प्रतिबन्ध हटाउने निर्णय बेलायती प्रधानमन्त्रीले आफू स्वदेश फर्के लगत्तै घोषणा गर्ने बताएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा