उत्तरको रकेट प्रक्षेपणको राष्ट्रसंघद्धारा आलोचना

२ बैशाख २०६९, शनिबार १८:०२ मा प्रकाशित

काठमाडौ, २ बैशाख । उत्तर कोरियाले गरेको असफल रकेट प्रक्षेपणप्रति संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले खेद प्रकट गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा रकेट प्रक्षेपण सुरक्षा परिषद्को दुई वटा प्रस्तावको विरुद्ध भएको समेत जनाइएको छ । उत्तर कोरियाले भने रकेट प्रक्षेपण कार्य अन्तरिक्षमा भू–उपग्रह सञ्चालनका लागि गरेको स्पष्ट पार्दै आएको छ । राष्ट्रसंघले सन् २००६ र २००९ मा उत्तर कोरियाले गरेको रकेट प्रक्षेपणपछि त्यहाँ कडा प्रतिबन्ध लगाएको थियो । उता अमेरिकाले पनि उत्तर कोरियालाई प्रदान गरीरहेको खाद्यान्न सहयोग रद्द गरेको बताएकोे छ । अन्तर्राष्ट्रिय विरोध हुँदाहुँदै रकेट प्रक्षेपण गरेपछि अमेरिकाले खाद्यान्न सहयोग रोकेको हो । किम जोङ उनले सत्ता सम्हालेपछि आणविक गतिविधि रोक्नेभन्दै त्यसको साटो  अमेरिकाले २ लाख मेट्रिक टनभन्दा बढि खाद्यान्न सहयोग गर्ने सहमति जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन् । रुवान्डाको राजधानी किगालीमा

राष्ट्रति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी

काठमाडौँ । पोल्याण्ड छिर्ने युक्रेनीहरूको संख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ । पोल्याण्डका सीमा अधिकारीका अनुसार गत