नेपालगञ्जमा अझै ४० प्रतिशतले राजश्व नतिरेको खुलासा

१४ आश्विन २०७०, सोमबार २२:४८ मा प्रकाशित

कमल न्यौपाने, कोहलपुर (बांके) १४ असोज । आन्तरिक राजश्व कार्यालयको प्रभावकारी अनुगमनको अभावमा सरकारले बांके जिल्लाबाट मात्रै बार्षिक करोडौं रुपैंया घाटा व्यहोर्दै आएको पाईएको छ । सदरमुकामभन्दा बाहिर संचालन भईरहेका अधिकाशं व्यवसायहरुले कार्यालयलाई मासिक रुपमातिर्नुपर्ने कर नतिर्ने गरेको कारण सरकारले यसरी राजश्व घाटा व्यहोर्नु परेको बताईएको छ । राजश्व कार्यालयमा सरकारले तोकेको मापदण्ड अनुसारको कर नर्तिरेरै थुप्रै व्यवसायहरु संचालनमा आएपनि कार्यालयले प्रभावकारी अनुगमनका साथै यस्ता व्यवसायलाई करको दायरामा ल्यानेतर्फ पहल गर्न नसको बुझिएको छ । गैर कारोवारलाई रोक्नका लागि सरकारले बलियो निति निर्माण गरेपनि राजश्व कार्यालयले कार्यान्वयन गर्न नसकेको कारण यस्तो कारोबारलाई कानुनी दायरामा ल्याउन नसकिएको स्रोतले बताएको छ । जिल्लाका विभिनन गाविसहरुमा यसरी हुर्दै आएको कारोबारप्रति राजस्व कार्यालयले वास्ता गरेको छैन । मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार व्यावसायिक फर्मआन्तरिक राजस्व कार्यालयमा दर्ता गरी चलाउनुपर्ने भएपनि सदरमुकाम बाहिर रहेका अधिकाशं क्षेत्रका व्यवसायीले आफनो व्यवसाय राजस्व कार्यालयमा दर्ता समेत नगरी चलाउने र सरकारलाई करशुलक नतिर्ने गरेको पाईएको छ । यति मात्रै होईन नेपालगञ्ज र कोहलपुरमा पटकपटक संचालन हुर्दै आएका मेलाहरुबाट समेत कर कार्यालयले शुल्क असुल्न सकेको छैन् । नियममा मेला अवधीभरमा हरके व्यवसायीले मूल्य अभिवृद्धि कर र आयकर तिर्नुपर्छ तर, अहिलेसम्म कुनैखालको कर नतिरी स्वदेशी तथा विदेशी नागकिरहरुले व्यक्तिगत रुपमा मेलाहरु संचालन गर्दै लाखौको कारोवार गर्ने गरेका छन् । पछिललो समयमा प्रहरीले जुवातासा खेल्ने र खेलाउने दुबैलाई कारवाहीका लागि कडा नियम बनाएर लागु गरिरहेको भएपनि केही रमाईलो मेलाका नाममा खुलेआम जुवा खेलाईने गरिएपनि स्थानीय प्रशासन समेत मौन रहदै आउने गरेको छ । व्यवसायहरुले मात्रै नभएर यसरी संचालन हुने मेलामा समेत प्रहरीको मिलेमतो हुन थालेपछि मेला आयोजकपनि राजश्व कार्यालयलाई राजश्व छली गर्ने काममा सक्रिय हुर्दै आउने गरेको जनाइएको छ । कार्यालयमा आवश्यक जनशक्तिको अभावका कारण जिल्लाभरीमा संचालन भईरहेका साना मझौला तथा ठुला व्यवसायी केन्द्रहरुको पुगेर अनुगमन गर्न नसकिएको राजश्व कार्यालयले बताएको छ । कार्यालयका अनुसार नेपालगञ्जका साथै शहरउन्मुख गाविसहरु कोहलपुर, खजुरा लगायतका बजारमा रहेका केही बाहेक अरुले करछली नगरेको भएपनि जिल्लाका अन्य गाविसहरुका रहेका यस्ता व्यवसायबाट कर आउन सकेको छैन । सानातिना व्यवसायहरुले कर छली गरिरहेको पाईएको छ अनुगमन र कारवाहीका लागि कडा नियम भएपनि विविध कारणले कार्यान्वयन फितलो हुर्दै जादा उनीहरुलाई करको दायरामा ल्यान सकिएको छैन् । बजारका साथै शहरउन्मुख गाविसका मझौला र ठुला व्यवसायीहरुले नियमित कर बुझाएको भएपनि ४० प्रतिशत साना व्यवसायीहरुले नत व्यवसाय नै दर्ता गरेका छन् नत कर तिर्नेवारे ध्यान नै दिएका छन । कार्यालयले आवश्यक जनशक्तिको व्यवस्था गरेर आगामी दिनमा जिल्लाभरमै अनुगमन गर्ने र अनुगमनका क्रममा यस्तो भेटिएमा कानुनी कारवाही अगाडी बढाउने तयारी गरिरहेको छ । आफूहरु घाइते भएको पीडितको आरोप छ । यसरी ४० प्रतिशतबढी व्यवसायीले व्यवसाय सञ्चालन गरे वाफतको राजश्व नै नतिरेपछि सरकारले वर्षेनी राजश्वमा गीरावट खेपिरहनु परेको छ भने व्यवसायीहरु रातारात मालिक बन्दै गएको पाईएको छ । बांके जिल्लाबाट मात्रै नभएर मध्यपश्चिमका विभिन्न जिल्लामापनि व्यवसायीहरुले समयमै राजश्व तिर्नेतर्फ ध्यान नदिदा समस्या हुदै आईरहेको बताईएको छ । यसक्षेत्रका पहाडी र हिमाली जिल्लामा भन्दापनि तराईका ठुला शहरहरुबाट करोडौको राजश्व असुली हुन अझै बांकी रहेको आन्तरिक राजश्व कार्यालय निकट स्रोतले जनाएको छ । सरकारले राजश्व कार्यालयलाई बारम्बार स्थलगत अनुगमनका लागि निर्देशन दिदै आएको भएपनि कार्यालयले अनुगमन गर्ने वारे चासो नदेखाएको कारणपनि राजश्व असुली समयमै हुन नसकेको बुझिएको छ । अनुगमन र कानुनी दायरा फितलो भएकै कारण जिल्लामा दर्जनौं व्यवसायहरु अहिलेपनि सरकारको मापदण्ड विपरित सञ्चालन भईरहेका छन । राजश्वले यसअघि पटकपटक बजार अनुगमन गरेको जिकिर गर्दै आएको भएपनि अनुगमनका क्रममा भेटिएका दोषीलाई कानुनी कारवाही भने अहिलेसम्म गर्न नसकेको बताईएको छ । सरकारी राजश्व असुलीका लागि प्रभाकारी अनुगमन गर्नुका साथै कानुनलाई कडा रुपमा लागु गर्नपर्नेमा स्थानीयले जोड दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।