गैह्र आवशिय नेपाली संघ बेलायतको एकता अधिवेसन सम्पन्न

१४ आश्विन २०७०, सोमबार २२:१४ मा प्रकाशित

दधिराज घिमिर, बेलायत । गत १७ अगष्ट २०१३ बाट सुरु भएको बिवाद अन्तत् डा. सुर्य सुबेदीको अथक प्रयास र पहलमा यहि २९ सेप्टेम्वरमा नेपाली दुतावासमा भएको एकता अधिवेसनले एकतामा परिणत गरेको छ । यो एकता अधिवेसनले बेलायतमा सकृय गैह्र आवशिय नेपाली संघ, बेलायत दुबै तर्फको कार्य समितीलाई समाहित गर्दै एकिकरण गरीएको छ ।

डा. सुर्य सुबेदीले बिगतमा भएका बार्तालाई आधार बनाई एकताको लागी एक्काईस बुदे सहमति पत्र तयार बनाउनु भएको थियो । सहमति पत्रका मुख्यं बुदाहरुमा गैह्र आवशिय नेपाली संघ, बेलायतक एकता अधिवेसन मार्फत आधिकारीकता दिईएको छ ।

दुबै समितीमा रहेका कार्य समितीलाई सदस्यहरुलाई मान्यता दिदै एकता महाधिवेसनले गैह्र आवशिय नेपाली संघ, बेलायतको बिधानलाई संशोधन गरेको छ । अध्यक्ष, संयोजक र कोषध्यक्षलाई एक एक बर्षको कार्यकारीणी रहने र दुबै समितीका उपाध्यक्ष, सचिव र सदस्यहरु का भने दुबै बर्ष कार्यकारीणी रहने ब्यवस्था गरीएको छ ।

पहिलो बर्ष २९ सेप्टेम्वर २०१४ सम्म योगेन्द्र बाहादुर क्षत्री अध्यक्षका साथ वहांकै समितीमा रहनु भएका महासचिव र कोषाध्यक्ष कार्यकारी रहनु हुने छ भने महेन्द्र कंडेल अध्यक्षको भुमिकामा रहनु हुने छ त्यस्तै महासचिव र कोषाध्यक्षामा पनि हुने छ ।

दोश्रो कार्यकालमा २९ सेप्टेम्वर २०१४ देखी महेन्द्र कंडेल अध्यक्ष हुनु हुनेछ । महेन्द्र कंडेलको समितीमा रहनु भएका महासचिव र कोषाध्यक्ष कार्यकारीणी हुनु हुनेछ ।

उपाध्यक्षमा पाँचै जना रहने ब्यवस्था रहने छ आइ सि सि मा भने १० जनामा गोला प्रथाबाट ५ जानालाई चुनिने छ । आसिसिमा नपर्ने सदस्यहरुलाई केन्द्रिय सल्हाकारको लागी पहल गर्ने निर्णय गरीएको छ । पुर्व अध्यक्षहरुलाई संरक्षकको रुपमा रहनु हुने छ ।

बिगत देखीनै बेलायतमा उठ्दै आएको बेलायतबासी नेपालीहरुको माग बिषेसत महेन्द्र कंडेलहरुको समितीले लिएको काउन्सिलको अवधारणामा जाने बिषयमा यो एकताको अधिवेसनले लागु गर्ने निर्णय गरेको छ । परिषद काउन्सिलको अध्यान गर्न अङ्गकल्च लामालाई संयोजक बनाई कार्य समितीमा पेस गर्ने निर्णय गरेको छ ।

डा. किष्ण अधिकारीको संयोजकमा सदस्यता सुल्क घटाउने, उम्मेद्धार दस्तुर घटाउने प्रतिबेदन तयार गरी कार्यसमितीमा पेस गर्ने निर्णय गरेको छ । अव बेलायतको गैह्र आवसिय नेपाली संघ समाबेसी हुदै अगाडी बढ्नेमा प्रतिवद्धता गरीएको छ ।

यस संघका सदस्यहरुले एकआर्काको बिरुद्धमा कुनै प्रकारको बिषयलाई कुनै पनि सामाजिक संजाल,ईमेल तथा अन्य सार्वजनिक ठांउहरुमा गर्न नपाईने ब्यवस्था यो अधिवेसनले गरेको छ र यो बिषयलाई अध्यान गर्न डा. सुर्य सुबेदीको संयोजकमा समिती समेत निर्माण गरीएको छ ।

डा. सुर्य सुबेदीले दिनुभएको एक्काईस बुंदामा रहेको सहमतिमा उपस्थित दुबै तर्फका कार्यसमितीका सदस्यहरुले समर्थन गरेका थिए । छलफको क्रममा आएका बिषयलाई डा. सुर्य सुबेदीले सबैलाई चित्त बुझ्ने जवाफ दिनुभएको थियो ।

यस सहमतिमा दुबै अध्यक्ष महेन्द्र कंडेल र योगेन्द्र क्षेत्रिले देखाउनु भएको लचकतालाई एकताको अधिवेसनले धन्यवाद समेत पास गरेको छ । सदैव समाजलाई मिलाएर लानु पर्नेमा चिन्तित रहनु हुने निवर्तमान अध्यक्ष कुल आचार्यले देखाउनु भएको कार्य कुसलताले बेलायतमा मात्र नभएर संपुर्ण बिश्वमा रहेका प्रवासी नेपालीहरुले धन्यवाद दिने छन् ।

साथै बिभिन्न संघ संगठनका प्रबुद्ध ब्यक्तिहरुको भुमिका पनि बेलायतको समाजको ईतिहासले सधै संझिनेनै छ । गैह्र आवसिय नेपाली संघ, बेलायतले यो संस्थालाई जन्म मात्रै होईन हुर्काउन र समय अनुसार स्याहार सम्मार गर्दै कसरी अगाडी बढाउनु पर्दछ भन्नेमा बेलायतमा रहेका नेतृत्वहरु सक्षम छन भन्ने सन्देस दिन सफल भएको छ ।

आगामी दिनमा यहां रहेका बिवध समस्याहरुलाई मैत्रिपुर्ण बातवरणमा छलफलकै बिधीद्धारा सामाधान गर्न सकिन्छ भन्ने नजिर यो एकता अधिवेसनले दिएको छ । यो एकतामा रात दिन नभनेर लाग्नुहुने डा।सुर्य सुबेदीलाई बेलायतवासी तथा संसार भरी रहेका गैह्र आवसिय नेपालीहरुले सदैव शिक्षाको रुपमा ग्रहण गर्ने छन् । साथै कार्यबाहाक राजदुत तेजबाहादुर थापाले गर्नु भएको सहयोगलाई बेलायतबासी नेपालीहरुले सधै संझने छन् ।

साथै बिभिन्न संघ संगठनका प्रमुख ब्यक्तिहरु र समाजका प्रबद्ध ब्यक्तिहरु पनि धन्यवादको पात्र रहनु भएको छ । बेलायतमा भएको असाधारण एकतालाई प्रगतिशिल नेपाली समाज यूके का संयोजक सुरेस गौतम र प्रगतिशिल नेपाली महिला समाजका संयोजक गंगा खरेलले एक बिज्ञाप्ति जारी गर्दै डा. सुर्य सुबेदी तथा यो एकतालाई सहयोग गर्नु हुने संपुर्ण संघ, संगठन, बुद्धिजिबी, पत्रकार तथा संपुर्ण बेलायतबासीहरु प्रति आभार ब्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र