विदेशबाट फर्किएपछि च्याउ खेती

२ बैशाख २०६९, शनिबार १७:५६ मा प्रकाशित

खोटाङ, २ बैशाख । १५ वर्ष बिदेशी भूमीमा बसेर गाउँ फर्किएका खोटाङको लफ्याङ–४ का जेवी राई (जीतबहादुर)ले च्याउ खेती शुरु गर्नु भएको छ । साँढे ७ वर्ष बहराईन र ८ वर्ष मलेसिया बसेर गाउँ फर्किएका राईले दिक्तेल–२ मा कन्ये जातको च्याउ खेती शुरु गर्नु भएको हो । मलेसियामा छँदा सिंगापुरका एक जना महिला च्याउ व्यवसायीको प्रेरणाले राईले गाउँ फर्किएर गत असारदेखि च्याउ खेती लगाउनु भएको हो । बिदेशमा कमाएको पैसाले सुखसयलकासाथ खान र बस्ने आर्थिक अवस्था बने पनि गाउँमा व्यवसायीक ईलमको सम्भावनालाई प्रमाणित गर्ने उद्धेश्यले च्याउ खेती शुरु गर्नु भएको राईले बताउनु भयो । ‘गाउँप्रतिको मायाँ, सद्भाव तथा जिम्मेवार पूरा गर्नका लागि पनि च्याउ खेती गर्नु शुरु गरेको हुँ ।’ एक छोरा र एक छोरीका बाबु बनेका राईले भन्नु भयो–‘खान लाउन पुग्ने सम्पत्ती कमियो तर सुखशयल, मोजमस्ती मात्र जीवनकालागि पर्याप्त कुरा हैन ।’ राईको च्याउ घरबाट प्रतिकेजी तीन सय पर्ने च्याउ दैनिक ५ देखि ७ केजीसम्म बिक्री भइरहेको छ । उहाँले काठ्माडौं र धरानबाट बीउ ल्याएर दिक्तेल–२ मा च्याउ उत्पादन गर्दै आउनु भएको छ । विदेशबाट फर्किएपछि च्याउ खेती गर्ने सपना पूरा गर्न धरानबाट च्याउ खेती गर्ने तालिम लिनु भएका राईलाई आफ्नै भाउजु समिता राईले पनि साथ दिनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिन्धुपाल्चोक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने

काठमाडौँ।नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले पार्टीले यसअघि सिफारिस गरे भन्दा फरक सांसदहरूलाई मन्त्री बनाउनु पर्ने प्रस्ताव अगाडि सारेका छन् । उनीहरूले

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ