काग्रेस मुख्यालयमा राष्ट्रपति विरुद्ध नारावाजी

१४ आश्विन २०७०, सोमबार २२:०२ मा प्रकाशित

काठमाडौ, १४ असोज । राष्ट्रपति डा रामबरण यादवविरुद्ध नेपाली काग्रेसको केन्द्रीय कार्यालय सानेपामै जोडदार नारावाजी भएको छ । आगामि संविधानसभाको निर्वाचनको लागि उमेदवार चयन गर्न संसदीय बोर्डको बैठक बसिरहेको बेला बाहिर आक्रोसित काग्रेसी कार्यकर्ताहरुले राष्ट्रपति विरुद्ध जोडदार नारावाजी गरेका हुन । कार्यकर्ताहरुले राष्ट्रपतिले पार्टी भित्र हस्तक्षेप गरेर नातावाद लाद्न खोजेको आरोप लगाउँदै नारावाजी गरेका थिए । राष्ट्रपतिले आफ्नी भतिजी किरण यादवलाई महोत्तरीबाट टिकट दिलाउन र छोरा चन्द्र मोहन यादवलाई धुनषा ५ बाट टिकट दिलाउन पार्टी भित्र दवाव दिएको दावी गर्दै उनीहरुले राष्ट्रपति विरुद्ध आक्रोस पोखेका हुन । यसैवीच पार्टी भित्रको विभिन्न गुटको उमेदवार चयनमा दवाव बढेपछि आज अपरान्ह उमेदवारको नामावली सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने तयारी काग्रेसले गरे पनि त्यो केही समय सर्ने भएको छ । अहिलेसम्म राती भए पनि पत्रकार सम्मेलन गर्ने तयारी काग्रेसले गरे पनि समय भने निश्चित हुन सकेको छैन । काग्रेसले हिमाली जिल्ला र पदाधिकारीको उमेदवारी टुङगो लगाईसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको