संबिधान सभा निर्वाचनलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई रेग्मीको आग्रह, प्रधानमन्त्रि मनमोहन सिंहसंग भेट

१२ आश्विन २०७०, शनिबार २२:०८ मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, १३ असोज । अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाल शान्ति प्रक्रिया सकेर दोस्रो संबिधान सभा निर्वाचनको तयारीमा जुटिरहेको हुँदा अन्तराष्ट्रिय समुदायको सहयोग र समर्थन आवश्यक रहेको रहेको बताउनु भएको छ । राष्ट्रसंघको ६८औं महासभामा सहभागी हुन न्युयोर्क आउनु भएका रेग्मीले स्थानिय समय अनुसार शनिबार बिहान ११: ०० बजे सातौ वक्ताको रुपमा महासभालाई सम्बोधन गर्दै नेपालको आशन्न संबिधान सभा निर्वाचन र बिकाश प्रयासमा साथ दिन अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो । रेग्मीले आफु बुद्धको जन्मथलो लुम्बिनीबाट शान्ति र अहिंसाको सन्देश बोकेर आएको बताउदै  जैविक, रसायनिक, आणविकजस्ता विध्वंशकारी हतियारको निर्माण कटौतीमा जोड दिएका छन् । महासभालाई सम्बोधन गर्ने क्रममा रेग्मीले साना हतियारको गैरकानुनी प्रयोग बढ्न नदिने प्रतिबद्धता जनाउन आग्रह गरेका थिए । सम्बोधनमा रेग्मीले मंसिर ४ मा तोकिएको निर्वाचनको लागि आवश्यक प्रक्रिया पूरा भएको बताउदै निर्वाचनकेा लागि आफ्नो नेतृत्वमा सरकार गठन भएको प्रष्ट पारेका छन् । सम्बोधनको क्रममा रेग्मीले नेपालबाट दैनिक एकहजार ५ सय कामदार रोजगारीको लागि विदेशिने प्रसंग उल्लेख गर्दै रेमिट्यान्सको नेपालको कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिए । उनले नेपाली कामदारले गन्तव्य मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुको सम्मानको कदर हुनुपर्ने माग समेत गरे । आफ्नो सम्बोधन भाषणमा रेग्मीले अल्पबिकशित राष्ट्रहरुको चुनौती र जलबायु परिवर्तनको मुद्दामा समेत अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्ने कोशिस गर्नु भएको थियो । सम्बोधन भाषणमा रेग्मीले राष्ट्रसंघको सहस्राब्दी बिकाश लक्ष २०१५ भित्र हँसिल गर्ने रहे पनि नेपाल जस्ता राष्ट्रहरु अझै आधारभूत बिकाशमा पछाडी रहेको हुदाँ यस तर्फ गम्भीर हुन र थप सहयोग जारि राख्न राष्ट्रसंघ र उसका साझेदार राष्ट्रहरुलाई  आग्रह गर्नु भएको थियो । नेपाली मिशनका नायब स्थाई प्रतिनिधि सेवा लम्सालले दिएको जानकारी अनुसार राष्ट्रसंघको ६८औं महासभालाई सम्बोधन गरे लगत्तै आजै स्थानिय समय अनुसार १२:०० बजे रेग्मीले भारतीय समकक्षी प्रधानमन्त्रि मनमोहन सिंहसंग भेट गर्नु भएको छ । दिपक्षीय भेटमा भारतीय प्रधानमन्त्रि मनमोहन सिंहले आफ्ना समकक्षी अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई नेपालको आसन्न संबिधान सभा निर्वाचनमा मित्र राष्ट्रको हैसियतले आवश्यक सहयोग प्रदान गर्ने जानकारी गराउनु भएको थियो । आजै अपरान्ह ३: ४० बजे  रेग्मीले राष्ट्रसंघका महासचिब वानकी मुन र त्यस लगत्तै अमेरकी सहायक विदेश मन्त्रि रोबर्ट ए ब्लेक संग भेट्ने कार्यक्रम रहेको छ । रेग्मीले आजै साँझ न्युयोर्कमा बस्ने नेपाली समुदाय संग भेट्ने कार्यक्रम रहेको छ भने आइतबार बेलुका स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई