समायोजनपछि उत्पन्न विवाद समाधानकोलागी माओवादी अध्यक्ष र प्रधानमन्त्रीद्धारा कमाण्डरहरुसँग छलफल

२ बैशाख २०६९, शनिबार १५:५० मा प्रकाशित

काठमाडौ, २ बैशाख । समायोजनको निर्णय पछि उत्पनन विवाद समाधानका विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले माओवादी सेनाका लडाकु कमान्डरहरुसँग संयुक्त छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सेना समायोजन विधि प्रक्रिया तथा लडाकुहरुले पाउने पद लगायतको विषयमा कुराकानी भएको थियो । सेना समायोजन विशेष समितिको निर्णयानुसार माओवादी सेनाका लडाकुहरुको शिविरहरुमा नेपाल सेना प्रवेश गरी सकेपछिको अवस्थाबारे पनि सो अवसरमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलका अनुसार समायोजनको प्रक्रियालाई तत्काल सुरु गर्न र बाँकी रहेका विवादका विषयलाई चाँडै टुङ्ग्याउनसमेत कमान्डरहरुले अवसरमा माग गरेका थिए । विश्वासिलो वातावरण बनेको छ भनेर मात्रै हुँदैन तत्कालै सबै प्रक्रियालाई हल गर्नुपर्दछ भनेर कमान्डरहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री डा भट्टराईसँग माग पौडेलले बताउनुभयो । छलफलमा अध्यक्ष प्रचण्डले आजै बस्ने सेना समायोजन विशेष समितिको बैठकबाटै सबै विषय टुङ्गो लाग्ने विश्वास दिलाउनुभएको थियो ।  राजनीतिक दलहरुको बीचमा नेपाली सेनाअन्तर्गत गठन हुने महानिर्देशनालय, तालिम अवधि, ब्रिज कोर्षलगायतका विषयमा पनि टुङ्गो लाग्ने भन्दै अध्यक्ष दाहालले  सबै विषय अगाडि बढी सकेपछि जनअपेक्षाअनुसारको संविधान निर्माणका लागि पार्टी क्रियाशील हुने धारणा राख्नुभएको थियो । छलफलमा प्रधानमन्त्री डा भट्टराईले समायोजनको प्रक्रियाबारेमा कमान्डरहरुलाई जानकारी गराउनुभएको थियो । छलफलमा सहभागी माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालका अनुसार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले समायोजनका सबै प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । छलफलमा माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन र राजधानीमा उपलब्ध कमान्डरहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको