राष्ट्रसंघको ६८औं महासभामा सहभागी हुन न्युयोर्क आइपुगे रेग्मी

१२ आश्विन २०७०, शनिबार ०५:४१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, १२ असोज । निर्वाचन तयारीका चुनौती र प्रमुख राजनीतिक दलहरुको आग्रहलाई बेवास्ता गर्दै अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी राष्ट्रसंघको ६८औं महासभामा सहभागी लिने क्रममा स्थानिय समय अनुसार शुक्रबार अपरान्ह ४: ३० बजे न्युयोर्क आइ पुगेका छन । रेग्मी नेतृत्वको भ्रमण दलमा उनकी पत्नी, स्वकीय सचिव, सुरक्षागार्ड र परराष्ट्रका अधिकारीसहित सात जना रहेका छन । अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले राष्ट्रसंघको ६८औं महासभालाई शनिबार न्युयोर्कको स्थानिय समय अनुसार बिहान ११:०० बजे सातौ बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार अपरान्ह ४: ३० बजे न्युयोर्क आइ पुगेका रेग्मी आइतबार बेलुका स्वदेशतर्फ फर्किने कार्यक्रम रहेको छ । राष्ट्रसंघको ६८औं महासभामा सहभागी हुन यस अघिनै परराष्ट्र सचिब अर्जुन बहादुर थापा, राष्ट्रसंघ हेर्ने सह सचिब दिपक धिताल न्युयोर्क आइसकेका छन भने न्युयोर्कस्थित नेपली मिशनका राजदुत दुर्गा भट्र्राई. नायब स्थाई प्रतिनिधि सेवा लम्साल सहितको समुहले सहभागिता जनाउने भएको छ । एअर इत्तिहादको नियमित उडानबाट शुक्रबार अपरान्ह ४: ३० बजे न्युयोर्क आइ पुगेका रेग्मी, उनकी पत्नी, स्वकीय सचिव र सुरक्षागार्ड राष्ट्रसंघ भवन नजिकै रहेको हायात रिजेन्सी  होटेलमा बसेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका