योग्य र सक्षम युवालाई प्राथमिकतामा राखेर आइतबार उम्मेदबार घोषणा गर्छौ: रामशरण महत

१२ आश्विन २०७०, शनिबार ००:३३ मा प्रकाशित

काठमाडौं, १२ असोज । काग्रेसका प्रभावशाली केन्द्रीय नेता रामशरण महतले पार्टीको तर्फबाट समानुपातिक र प्रत्यक्ष तर्फका उम्मेदबार आगामी आइबार सार्वजनिक गर्ने बताउनु भएको छ । नेता महतले हामीसंग बिशेष कुराकानी गर्दै भने, ‘जित्ने सम्भावना भएका र लामो समयसम्म पार्टीमा महत्वपूर्ण भूमिका खेलेको लोकप्रिय अनुभवी र योग्य ब्यक्तीलाई मात्र प्रत्यक्ष तर्फ उम्मेदबारहरुको नाम आगामी आइबार सार्वजनिक गर्ने गर्ने तयारी भै रहेको छ ।’ उनले भने, ‘गुटका आधारमा भन्दा पनि लोकप्रिय अनुभवी र योग्य ब्यक्ती जसलाई सबैले चिनेकै हुन्छ टिकट दिईने छ ।’ चुनाबी घोषणा पत्रको बिषयमा नेता महतले भने, ‘नेपालको समृद्धिको लागि, आर्थिक समृद्दी र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुख्य एजेन्डा सहितको काँग्रेसको घोषणापत्र आउँदैछ ।’ नेता महतले नेपालमा बहुलबादको सुरुवात नेपाली काग्रेसले गरेको दावी गर्दै प्रतिष्पर्धा र लोकतन्त्रको राजनीतिकको अगुवाई गर्ने पार्टी पनि नेपाली काग्रेस हो । काग्रेसले सुरुवात गरेको आर्थिक सुधारको कार्यक्रममा अहिले सबै आएका छन नेपाली काग्रेसले जहिले पनि नेपालको राजनीतिक रुपान्तरणमा अगुवाको भूमिका खेल्दै आएको छ । अब काग्रेसले गणतन्त्रको सस्थागत विकास गर्ने र देशले धान्न सक्ने पहिचान र सामर्थ्य सहितको संघीयता निर्माणको अभियानालाई पनि नेतृत्व गर्ने बताए । आसन्न संबिधान सभा चुनावमा काग्रेसको प्रतिष्पर्धी दल एमाओवादी र एमालेसँग भएको विश्लेषण गर्दै नेता महतले मधेसमा मधेसी पार्टीहरुसँग प्रतिष्पर्धा हुने ठोकुवा गरे । काँग्रेसमा नया नेतृत्वको बिकाश भैसकेको बताउदै नेता महतले सुशिल कोइराला र शेरबहादुर देउवामात्रै होईन आगामी चुनाबले नयाँ युवा नेतृत्वको बिकाश गर्ने दावी गर्नु भयो । टिकट वितरणमा दबाब रहेको स्वीकार्दै देशभर मान्य हुने सर्वसम्बत उम्मेदबार चयन गरिने बताउनु भयो । नेता महतले आगामी आइबार भित्र प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीतर्फका ३३५ उम्मेदवारको नामावली सार्वजनिक गरिने जानकारी समेत दिएका छन् । नेता महतले जोड दिदै भने, ‘काँग्रेसले राष्ट्रिय जीवनका विभिन्न विधामा रहेका र लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने डाक्टर, इन्जिनियर, शिक्षक, ट्रेड युनियन, महिला, आदिवासी जनजाति, दलित, कलाकार र पत्रकार र प्रवाशमा रहेकाहरुलाई समेत समेटेर उम्मेदवार छनोटको काम भैरहेको छ । देशभर मान्य हुने सर्वसम्बत उम्मेदबार चयन गरिने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।