राप्रपा नेपालले १९७ उम्मेदवार घोषणा गर्‍यो

११ आश्विन २०७०, शुक्रबार २१:२६ मा प्रकाशित

काठमाडौं, ११ असोज । सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र भन्दै आएको राप्रपा नेपालले शुक्रबार आफ्ना प्रत्यक्ष तर्फका १९७ उम्मेदवार सार्वजनिक गरेको छ। अध्यक्ष कमल थापाका अनुसार सर्वधमर्, समभाव एवम् धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, राष्ट्रिय अखण्डता एवम् उद्धारआर्थिक नीतिको धरातलमा समृद्ध नेपालको निर्माण भन्ने नारा सहित पार्टी चुनावमा होमिएको छ । राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापा र महामन्त्री केशरबहादुर विष्टलाई समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । आज सार्वजनिक गरिएका नामावलीका अनुसार पद्मसुन्दर लावती पाँचथर २, महामन्त्री चन्द्रबहादुर गुरुङ स्याङ्जा १, गायिका मीरा राणा काठमाडौं ३, गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेल काठमाडौं ४ र गायक सञ्जय श्रेष्ठ काठमाडौं ६ छन् । यसैगरी धवल शमशेर राणा बाँके ३, देउबहादुर गुरुङ कास्की १, मुनाख मिया तनहुँ ३ बाबुकाजी प्रधान ललितपुर ३, भरत जङ्गम काठमाडौं १, प्रकाश रिमाल काठमाडौं ८, माधव खत्री भक्तपुर १ छन् । राप्रपाले नेपालले सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने अध्यक्ष थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्