हत्यारा उमेद्वार हुन नपाउने सर्वोच्चको फैसला

१० आश्विन २०७०, बिहीबार २०:०३ मा प्रकाशित

काठमाडौं, १० असोज । नैतिक पतन देखिने फौजदारी कसुर लागेका व्यक्तिले आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । यअघि आफैले गरेको आदेशलाई बिहीबार सर्वोच्चकै अर्को इजलासले खारेज गरेपछि फौजदारी कसुर लागेका व्यक्तिको लागि उमेद्वार हुनेबाटो बन्द भएको हो । सोमबार न्यायाधीश तर्कराज भट्टको इजलाशले गरेको आदेशलाई गिरिशचन्द्र लाल, सुशीला कार्की र प्रकाश वस्ती संयुक्त इजलाशले खारेज गरेको छ । संविधानसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७० को दफा १९(ङ) को ज्यानसम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने प्रावधान राखिएकोमा उक्त व्यवस्था अन्तिरिम संविधानसँग बाझिएको दाबीसहित सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा सुनुवाईपछि सोमबार न्यायाधीश भट्टको एकल इजलासले अध्यादेशको उक्त प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यस आदेशलाई आज तीन जना न्यायाधीशको संयुक्त इजलासले खारेज गरिदिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली