लुक्लामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, १ को मृत्यू, ३ गम्भीर घाइते

१० आश्विन २०७०, बिहीबार १०:३३ मा प्रकाशित

काठमाडौं, १० असोज । आज बिहानै एयर डाइनेस्टीको हेलिकोप्टर लुक्ला विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी १ को मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् । बिहिबार एयर डाइनेस्टीको हेलिकोप्टर काठमाडौंबाट लुक्लाका लागि उडेको थियो र अवतरणका क्रममा विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएर दुर्घटनामा परेको थियो । हेलिकोप्टर चालकदलका सदस्यसहित ४ जना सवार रहेका थिए । हेलिकप्टरमा सवार ४ जना मध्ये एक जना गम्भीर घाइते र बाँकी ३ सामान्य घाइते रहेको बताइएको छ । घाइते हुनेहरुमा क्याप्टेन अरुण मल्ल, लाक्पा सोनाम शेर्पा, अनिता शेर्पा र सोनाम शेर्पा रहेका छन् । गम्भीर घाइतेको उपचारको क्रममा मृत्यू भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा