‘लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध सम्झौता गर्दिन’

२ बैशाख २०६९, शनिबार १३:०८ मा प्रकाशित


काठमाडौ, २ वैशाख ।  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नयाँ बन्ने संविधानमा लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौँ महानगर समिति वडा नं ५ द्वारा नयाँ वर्षको उपलक्ष्यमा आज राजधानीमा आयोजित कार्यक्रममा सभापति कोइरालाले सो धारणा व्यक्त गरेका हुन् ।
“ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट हुर्केको नेपाली काँग्रेस लोकतन्त्रका मूलभूत मान्यता, आदर्श र सिद्धान्तका कुरामा कसैसँग सम्झौता गर्दैन,” सभापति कोइरालाले भने ।
अहिले शान्तिप्रक्रियाले सकारात्मक मोड लिएको र त्यसले संविधान लेख्ने आधार तयार भएको भन्दै सभापति कोइरालाले नेपाली  जनता र आफना नेता कार्यकर्ताबाट पाएको ऊर्जा, शक्ति र प्रेरणाकै कारण काँग्रेसले माओवादीसँग दह्रो अडान राख्दै आएको बताए ।
काँग्रेस उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्तिप्रक्रिया नउल्टने गरी अघि बढेपछि संविधान बनाउने बाटो खुल्ला भएको बताए ।
शान्तिप्रक्रिया नटुङ्गिकन संविधान बन्न सक्दैन भनेर काँग्रेसले देशव्यापी आमसभाहरु गरेको, आफना भ्रातृसंस्था एवम् नेपाल बार एसोसिएसनलगायतका संस्थालाई पनि सम्झाउनुपरेको र संवैधानिक विवाद समाधान उपसमितिको बैठकमा पनि काम रोकेको नेता पौडेलले बताए ।
“शान्तिप्रक्रियाको गाँठो फुकेपछि संविधान लेखन थाल्नुपर्छ, लोकतान्त्रिक संविधान बनाउनुपर्छ,” नेता पौडेलले भने । संविधान लेखनका क्रममा स्वतन्त्र न्यायपालिकामा कुनै सम्झौता नहुने स्पष्ट गर्दै नेता पौडेलले संसदीय व्यवस्था अन्तर्गत समावेशीता र बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुभाषिक स्वरुपको राज्यको पुनःसंरचना हुनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले जातीय राज्य स्वीकार्न नसकिने भन्दै पहिचान र सामथ्र्यका आधारमा नै प्रदेशहरु निर्माण गर्नुपर्ने बताए । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले पनि जातीय राज्य बनाउन नहुनेमा जोड दिए । वडा समितिका सभापति रमेश डङ्गोलको सभापतित्वमा सो कार्यक्रम भएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा