एमाले अखिलमा मल्लको अग्रता कायमै, महासचिबमा लामा अगाडी (थप अपडेट)

९ आश्विन २०७०, बुधबार २३:२८ मा प्रकाशित

काठमाडौं, १० असोज । एमाले बिद्यार्थी संगठन अनेरास्ववियुको सम्पन्न निर्वाचनमा गनिएको प्रारम्भिक मत परिणाम अनुसार माधव-ओली निकट किशोरविक्रम मल्लले अध्यक्षमा र महासचिवमा नवीना लामाले अग्रता कायम गरेका छन् । अहिलेसम्म गनिएको मत परिणामअनुसार अध्यक्षका उम्मेदवार मल्लले ६५२  र लम्सालले ५९०  मत प्राप्त गरेका छन भने महासचिवमा रचना खड्काले ६०६  र नवीना लामाले  ६१८  मत प्राप्त गरेका छन् । बिहिबारदेखि जारी एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु २१ औँ राष्ट्रिय महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि बुधबार साँझबाट मतगणना सुरु भएको थियो । अनेरास्ववियुको विधानअनुसार जारी महाधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, सचिव पाँच र कोषाध्यक्षसहित १३५ नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७