धोका दिए, भुवनलाई एमालेले, कमल थापालाई भुवनले

९ आश्विन २०७०, बुधबार १९:५९ मा प्रकाशित

काठमाडौं ।  बुधबार भुवनलाई राप्रपा नेपालले राखेको पार्टी प्रवेश कार्यक्रममा उनि बिरामी भएको बहानामा  उपस्थित भएनन् । राप्रपा नेपालको पार्टी कार्यालय धुम्बाराहीमा बुधबार केसी प्रवेश गर्ने कार्यक्रम राखिए पनि उनी गएनन् । ठूलै आड भरोसा सहित नायक भुवन केसी एमाले प्रवेश गरे । मिडियामा पनि खुब छाए उनी । चर्चा–परिचर्चा पनि ठूलै भयो उनको । तर, अहिले एमाले प्रवेश र त्यही प्रवेशले ल्याएको चर्चा उनलाई घाँडो हुन थालेको छ । राप्रपा (नेपाल) ले केन्द्रीय सदस्य दिन्छु भन्दासम्म पनि अटेर गरेका भुवन ठूलै आश्वासन पाएर एमाले छिरेका थिए । तर, एमालेले आफ्नो उपस्थितिलाई त्यति महत्व नदिएपछि अब के गर्ने कता जाने ? दोधारमा छन् उनी । एमाले भन्ने छाप लागिसकेपछि अब अन्य पार्टीतिर पनि जान नसक्दा आफूले एमालेबाट ठूलो धोका पाएको अनुभूति आजभोलि भुवन आफ्ना साथीभाइहरूलाई सुनाउँदै हिँड्न थालेका छन् । काठमाडौंबाट चुनावमा उठेर सभासद् हुने र एमालेले टिकट दिने ठूलै भरोसा थियो भुवनमा । यसबीचमा एमालेका प्रभावशाली नेताहरूकहाँ पनि पुगे उनी । कहिले बिहान ७ बजे ओछ्यान नछाड्ने भुवन धेरैपटक सात बजे त केपी ओली र झलनाथ खनालसमक्ष पनि पुगे । उनीहरूबाट पनि गतिलै आश्वासन पाएका हुन् उनले । अन्ततः काठमाडौंको कुनै पनि क्षेत्रमा आफ्नो नाम सिफारिस नभएपछि भुनव अहिले एमालेसँग रिसाएका छन् । यही अवस्थाका कारण अहिले एमालेबाट चुनावमा उठ्ने मनस्थितिमा पनि भुवनले केही कमी ल्याएका छन् । उनी आजचोलि भन्न थालेका छन्, ‘आफू पनि स्पष्ट नहुने अनि अरूलाई पनि स्पष्ट नभन्ने गजवको शैली रहेछ एमालेको । म त आजित नै भएँ ।’ एमालेमा प्रवेश गर्दाको सोच अनि उद्देश्य र आश्वासन मेल नखाएपछि अहिले भुवन चुनावका लागि टिकट लिनतिरभन्दा पनि नयाँ सिनेमा निर्माणतिर पो लाग्ने योजनामा छन् । ‘यत्रो दौडधुप गर्दा पनि खासै पोजेटिभ पाइएन । हेरौँ ! भए हुन्छ नत्र फिल्मतिर नै जिन्दावाद,’ यसै भन्छन् भुवन आजभोलि ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो