म्याग्दीका ग्रामिण क्षेत्रमा बैङ्क स्थापना भएपछि स्थानियबासिन्दा खुशी

२ बैशाख २०६९, शनिबार ११:३६ मा प्रकाशित

म्याग्दी, २ बैशाख । गाउँमै वित्तिय सुविधा पाएपछि म्याग्दीको बाबियाचौर क्षेत्रका बासिन्दालाई आर्थिक कारोबार गर्न सजिलो भएको छ । ग्रामिण क्षेत्रलाई लक्षित गरि म्याग्दीको बाबियाचौरमा निलगिरी विकास बैङ्कले एक्सटेन्सन काउन्टर स्थापना गरेपछि स्थानीयबासी उत्साहित भएका हुन् । बेनीमा केन्द्रिय कार्यालय रहेको बैङ्कले निक्षेप संकलन, बचत फिर्ता, लगानीका लागि सिफारीस र रेमिट्यान्स भुक्तानीको सुविधा दिनेगरी काउन्टर खोलेर कारोबार सुरु गरेपछि स्थानीयबासी उत्साहीत भएका हुन् । मंगला उच्च मावि बाबियाचौरका प्राचार्य दिर्घबहादुर खड्काले ग्रामिण क्षेत्रमा खुलेको बैङ्कमा सानो रकम बचत गर्न सकिने, देश विदेशबाट पठाएको रकम प्राप्त गर्न र रकम पठाउन सदरमुकाम बेनी जानु नपर्ने र उद्यम व्यवसाय गर्न चाहनेले ऋण पाउने भएपछि स्थानीय ब्यापारी, कृषक र सर्वसाधारण उत्साहीत भएको बताउनुभयो । बैङ्कले सो क्षेत्रका बाबियाचौर, अर्मन, बरङ्जा र कुहुँ गाविसका बासिन्दालाई सेवा पु¥याउने लक्ष्य रहेको निलगिरी विकास बैङ्क सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका