एएफसी च्याम्पियनसिप छनोट खेलमा बहराइनविरुद्ध नेपालको जीत

९ आश्विन २०७०, बुधबार १९:३६ मा प्रकाशित

काठमाडौं, ९ असोज । एएफसी च्याम्पियनसिप छनोट चरणको पहिलो खेलमा नेपालले बहराइनविरुद्ध २-० को अन्तरमा बिजय हासिल गरेको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलोपटक बहराइनविरुद्ध बिजय हासिल गरेको हो । खेलको १२ औं मिनेटमा अन्जान लामाको गरेको गोलबाट नेपालले अग्रता लिएको थियो भने दोस्रो गोल अनन्त तामाङले गरेका थिए । खेलको पहिलो हाफमा इन्जुरी समयलाई सदुपयोग गर्दै विमल घर्तीमगरको फ्रिकिकलाई हेड गरी अनन्त तामाङले गोल गरेका थिए । आजको जीतसँगै नेपालले तीन अंक जोड्यो । नेपालले अर्को खेल शुक्रबार इराकसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो