राजनीतिक दलहरु उम्मेद्वार छनौटमा व्यस्त

९ आश्विन २०७०, बुधबार ०९:२६ मा प्रकाशित

काठमाडौं, ९ असोज । आसन्न संविधानसभा चुनावका लागि राजनीतिक दलहरु उम्मेदवार छनौटमा जुटेका छन् । राजनीतिक दलका नेताहरुले आज पनि उम्मेद्वार छान्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले १९ हिमाली जिल्लाका उम्मेदवारको सूचि छानबिन सहित उम्मेदबार मापदण्ड तय गरेको छ । काङ्ग्रेस संसदीय समितिको बैठक बस्ने नेता रामशरण महतले जानकारी दिएका छन् । उता एमालेले पनि उम्मेद्वार छनौट अन्तिम चरणमा पुगेको बताएको छ । आज उम्मेद्वार टुङ्गो लगाएपछि केन्द्रीय समितिको बैठक बोलाएर सार्वजनिक गर्ने तयारी रहेको एमालेले जनाएको छ । आजै उम्मेद्वार टुङ्गो लगाउने बिषयमा एमाले स्थायी समितिको बैठक पार्टी कार्यालय बाहिर बस्दैछ । एमाओवादीले पनि प्रमुख नेताहरुको उम्मेद्वारी छनौट भइसकेको र अरु क्षेत्रको पनि अन्तिम चरणमा रहेको जनाएको छ । एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले घोषणापत्रको तयारी र उम्मेदवार छनौट एकसाथ अघि बढिरहेको जानकारी दिएका छन् । एमाओवादी प्रवक्ता सापकोटाका अनुसार आउदो सुक्रबार सबै उम्मेदवार छनौट भइसक्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्