बाँकेमा पहिलो पटक हार्डवयस्टर मेसिन, किसानहरु खुसी

२ बैशाख २०६९, शनिबार ११:३५ मा प्रकाशित

नेपालगञ्ज, २ बैशाख । बाँके जिल्लामा पहिलो पटक किसानका लागि ‘हार्डवयस्टर’ मेसिन भित्रिएको छ ।  धान, गहुँ तथा मकै बाली काट्न प्रयोग हुने हार्डवयस्टर मेसिन पहिलो पटक जिल्लामा भित्रिएको हो । जिल्ला कृषि विकास कार्यालय बाँकेको पहलमा भित्रिएको मेसिनप्रति किसानहरुको माग बढ्दै गएको छ । दुई थरीमा उपलब्ध गराईएको मेसिनले जग्गा जोत्न र रुख काट्नसमेत सक्ने जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत शालिकराम गौतमले बताउनुभयो । धान, गहुँ तथा मकै बाली काट्नका लागि मात्र प्रयोग गरिने मेसिनको मुल्य २० हजार रुपौयाँ पर्छ भने यसलाई जोत्नका लागि पनि प्रयोग गरिएमा थप रु १५ हजार मुल्य तिर्नु पर्छ । बाँकेमा अहिले ८ वटा यस्ता मेसिन भित्रएका छन् । एउटा मेसिनले एक घण्टामा करिब ५ कठसम्म बाली काट्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको