प्रचण्डको आदेशमा राजिनामा दिन्न: कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा

८ आश्विन २०७०, मंगलवार ०५:५६ मा प्रकाशित

दोहा, कतार, ८ असोज । बिबादमा परेकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले एमाओवादी अध्यक्ष प्रचण्डको सुझाब मानेर देश फर्किन मान्न वाध्य नभएको बताएकी छिन । दोहाबाट प्रकाशित पेन्नेलसुला अंगेजी पत्रिकालाई अन्तरबार्ता दिँदै राजदूत शर्माले भनिन, ‘आफु एमाओवादी कार्यकर्ता नभएको बरु देशको प्रतिनिधि भएकोले प्रचण्डको आदेश मानेर राजीनामा दिनु मेरो गरिमाले दिदैन ।’ शर्माले भनिन, ‘आफु संसदीय सुनुवाईको प्रकृया पार गरी राष्ट्रपतिबाट नियुक्त भएकाले प्रचण्डप्रति जवाफदेही हुन नसक्ने उनको भनाई थियो । शर्माले स्पष्ट भाषमा भनिन, ‘औपचारिक प्रकृयाबाट गरिने सवै कारवाही फेस गर्न तयार छु, मैले कुटनीतिक मर्यादा बिपरित काम गरेकी छु भने महाअभियोग लगाएर मलाई बर्खास्त गरियोस । षडयन्त्रपूर्वक मलाई हटाउन खोजिएको छ, त्यसको सामना गर्छु ।’ राजदूत मायाकुमारी शर्मालाई केहि दिन अघि एमाओवादी अध्यक्ष प्रचण्डले राजीनामा गरेर फिर्ता आउन सुझाव दिएका थिए । उनले दोहाबाट प्रकाशित पेन्नेलसुला अंगेजी पत्रिकालाई अन्तरबार्ता दिँदै आफु पार्टी भन्दा पनि सरकारप्रति उत्तरदायित्व भएको बताएकी छन् । ‘म नेपाल सरकारबाट नियुक्ती भएको हो, कुनै एउटा पार्टीबाट होइन’, पत्रिकासँग भनेकी छन्, ‘म सरकारप्रति मात्रै उत्तरदायित्व हुने हो । सरकारले मलाई राजिनामा दिन कुनै औपचारिक पत्र पठाएको छैन् ।’ राजदुत शर्माले कतारले आफुलाई फिर्ता बोलाउन पत्र लेखेको कुरा पनि झुठो भएको दावी छ गरेको छिन् । यता माओवादीका विदेश विभाग प्रमुख दीनानाथ शर्माले फर्कने तयारीका लागि केही समय मागेकाले त्यसो भनेको हुन सक्ने बताए । विदेश विभाग प्रमुख दीनानाथ शर्माले भने, ‘छोड्दै छोड्दिन चाहिं भन्नु भएको छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका