क्यालीफोर्नियामा अनाधिकृत आप्रबासीहरुलाई ड्राइविङ लाईसेन्स दिने बिधेयक पारीत

८ आश्विन २०७०, मंगलवार ०२:०६ मा प्रकाशित

यज्ञ नेपाल, क्यालीफोर्निया, ८ असोज । अमेरिकाको क्यालीफोर्निया राज्यमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका आप्रबासीहरुलाई ड्राइविङ लाईसेन्स (सवारी चालक अनुमति) दिने बिधेयक त्यहाँको दुवै सदनबाट अनुमोदन भएको छ । पारित बिधेयक गभर्नरको हस्तक्षर पछि लागु हुनेछ । प्रस्तावित बिधेयक क्यालीफोर्नियाको दुवै सदनबाट अनुमोदन गराउन डेमोक्र्याट सिनेटर जिल सेडिल्लोले प्रयास गर्दै आएका थिए । सेप्टेम्बर १२, २०१३ मा कलिफोर्नियाको सिनेटबाट २८-८ र असेम्ब्लीबाट ५५-१९ अन्तरको बहुमतले यो बिधेयक पारीत भएको हो । गभर्नर जेरी ब्रावनले एक प्रेस बिज्ञप्ति जारी गरी उक्त बिधेयक स्वीकृत गर्ने बताएका छन् । गभर्नर ब्रावनले बिज्ञप्तिमा भनेका छन्, ‘यो बिधेयकले लाखौं ब्यक्तिहरुलाई आफ्नो काममा जान र घर फर्कन मदत गर्नेछ । आसा गरौ क्यालीफोर्नियाको यो निर्णयले वासिङ्टनलाई इमिग्रेसन सुधार बिल पारीत गर्न धेरै ढिला भईसक्यो भन्ने सकारात्मक सन्देश पनि दिनेछ ।’ यो बिधेएक लागु भए पछि कलिफोर्नियाको बासिन्दा भएको र आफ्नो परिचय दिने परिचयपत्र प्रस्तुत गरेर सवारी चालक अनुमति प्राप्त गर्न सकिने छ । अमेरिकामा बर्षौ देखी गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ मिलियन आप्रबासीहरुलाई कानुनी हैसियत प्रदान गर्दै ग्रीन कार्ड हुदै नागरिकता सम्म दिने कानुन अमेरिकी सिनेट बाट पारीत भई हाल अमेरिकी तल्लो सदनमा छलफलको क्रममा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका