निर्वाचन गर्न नसकिए ०४७ सालको संविधान ब्युँतिन्छ : दाहाल

७ आश्विन २०७०, सोमबार २०:५१ मा प्रकाशित

चितवन, ७ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित तिथिमा संविधान सभाको निर्वाचन गर्न नसकिए ०४७ सालको संविधान ब्युँझाउन चाहने प्रतिगामी शक्तिलाई फाइदा पुग्ने बताएका छन् । दाहालले भने, ‘निर्धारित तिथिमा संविधान सभाको निर्वाचन गर्न नसकिए भने ४७ को संविधान क्रियाशील हुन्छ । दाहालले अगाडी भने, ‘यो पटक हुन सकेन भने ४७ सालको संविधान ब्युँताएर अहिलेसम्मका सारा परिवर्तनलाई उल्टाउने खतरा छ ।’ सोमबार भरतपुरमा आयोजित समारोहमा माओवादी नेता खम्बसिंह कुँवरको अभिनन्दन ग्रन्थ विमोचन गर्दै दाहालले सो कुरा भनेका हुन् । दाहालले बैद्य माओवादी लक्षित गर्दै भने, ‘निर्वाचनमा नआए उनीहरुलाई बाहाना बनाएर प्रतिगामीहरुले चल खेल गर्ने बाताबरण बन्छ । दुई माओवादीको झगडामा फाइदा उठाउने अर्को हुन्छ ।’ दाहालले बैद्य माओवादीलाई निर्बाचनमा आउन आग्रह गर्दै भने, ‘३३ दलीय मोर्चालाई निर्वाचनमा सामेल गराउन सरकारले अन्तिम अपिल गरेको छ । यो मौका गुमाउनुभयो भने जाने हुन्छ अब गाडी छुट्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्