कांग्रेस संसदीय समिति बन्यो, पूर्ण बहादुर खड्का सहमहामन्त्री

७ आश्विन २०७०, सोमबार ०७:३९ मा प्रकाशित

काठमाडौ, ७ असोज । मुलुकको पुरानो र एक मात्र प्राजातान्त्रिक पार्टी नेपाली कांग्रेसले उमेदबार छान्ने संसदीय समिति गठन गरेको छ । सभापति सुशील कोइरालाको नेतृत्वमा नेता शेर बहादुर देउबा समेत रहेको संसदीय समिति गठन गरेको हो । आज साँझ बसेको  कांग्रेस केन्द्रिय समितिको बैठकले नवनियुक्त संसदीय समितिलाई अनुमोदन गरेको  छ । सभापति सुशील कोइरालाको नेतृत्वमा गठित कांग्रेस संसदीय समितिलेले वरिष्ठ नेता शेरबहादुर देउवापक्षलाई ६ सदस्य दिएर संसदीय समितिलाई पूर्णता दिएको हो । नवगठित कांग्रेस संसदीय समितिमा पदेन सदश्य बाहेक  कोइराला पक्षबाट रामशरण महत, आनन्द ढुंगाना, फर्मुला मन्सुर र सुजाता कोइराला, अर्जुननरसिंह केसी र देउवा पक्षबाट स्वंय देउवा, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधी   रहेका छन् । काँग्रेसको विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिमा समिति गठनको प्रस्ताव गरी अनुमोदन गराउनुपर्छ भने पार्टीबाट चयन हुने उम्मेदवार तथा सरकारमा पठाउने मन्त्रीहरूको छनोट संसदीय समितिले गर्ने भएकाले संसदीय समिति काँग्रेस पार्टीभित्रको शक्तिशाली निकाय मानिन्छ । कांग्रेस संसदीय समितिका पदेन सदश्यहरुमा सभापति सुशील कोइराला, उपसभापति राम चन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, प्रकाश मान शिंह, कोषाध्यक्ष चित्र लेखा यादव रहेने छन् । थपिने संसदीय समितिका पदेन सदश्यमा नव नियुक्त सहमहामन्त्री पूर्ण बहादुर खड्का हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका