हाम्रो राजनीतिक प्रभुत्वको लागि बिदेशी शक्तिसँग डिल गरेकै हो : दाहाल

६ आश्विन २०७०, आईतवार २०:१८ मा प्रकाशित

काठमाडौ, ६ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन् । पत्रकार सुधिर शर्माद्धारा लिखित प्रयोगशाला पुस्तकको विमोचन समरोहमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक प्रभुत्वको लागि सबै बिदेशी शक्तिसँग डिल गरेको स्वीकार्दै नेपालको आन्तरिक विषय नेपाली आफै समाधान गर्न सक्षम रहेको दावी समेत गरे ।  दाहालले नेपालको परिवर्तन नेपालीहरुकै पहलमा भएको दावी गरे  । उनले भने, ‘विदेशीहरुको प्रयासमा नेपालमा परिवर्तन भएको होईन, हाम्रै प्रयत्नले भएको हो ।’ दाहालले अगाडी भने, ‘एसडी मुनीले सार्वजनिक गरेको द्धन्दकालमा माओवादीले भारतलाई लेखेको चिठीको विषयमा भने, ‘द्धन्दकालमा हामिले भारतलाई मात्रै होईन, चिन, अमेरिका, राष्ट्रसंघलाई समेत पत्र लेखेका थियौ, त्यो हाम्रो रणनीति हो, अहिले हाम्रो रणनीति फेरिएको छ ।’ दाहालले अगाडी भने, ‘हो हामीले जे जे गरेर यहाँ आइपुग्यौं, यदि त्यस्तो नगरेको भए आजको नेपाल हुदैन थियो, आज हाम्रो भेट हुदैन थियो ।’ बिमोचन समारोहमा कांग्रेस नेता प्रदीप गिरीले पत्रकार शर्माको  पुस्तक दरबार, दिल्ली र माओवादीका बारे लेखिएको र  उद्देश्य कसैलाई नायक बनाउनु थियो त्यो उद्देश्यमा लेखक सफल रहेको टिप्पणी गरे । समरोहका अर्का वक्ता प्रोफेसर ध्रुबकुमारले नेताहरूलाई सराप्दै हिन्दीमा भने चुल्लुभर पानी में डुबकर मरो । समरोहमा काँग्रेस नेता गगन थापाले नेपालको राजनीतिमा भारतीय खुफिया एजेन्सीहरु निर्णायक हो कि होइन नेताहरूलाई जवाफ दिन आग्राह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा