अमेरिकामा काँग्रेसको बिबाद बल्झियो

६ आश्विन २०७०, आईतवार ०७:४१ मा प्रकाशित

भर्जिनिया, ६ असोज । नेपाली काँग्रेसको भगिनी संस्था जनसम्पर्क समिति अमेरिका फेरी बिबादमा रुमलिएको छ । गत सेप्टेम्बर १५ मा नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय अधिवेशन तयारी समितिको बैठकले गरेको निर्णय प्रति सम्पूर्ण राज्य समितिहरुले तिब्र असन्तोष जनाए पछि अमेरिकामा बस्ने काँग्रेसीहरुको बिबाद सार्वजनिक भएको हो । यस अघि नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय अधिवेशन तयारी समितिका ५ जना पधाधिकारीहरुले केन्द्रीय अधिवेशन तयारी समितिको काम कारबाही प्रति असन्तुष्टि जनाउदै राजिनामा दिएका थिए । राज्य समितिका सभापतिहरुको तर्फबाट शनिबार जारी बिज्ञप्तिमा भनिएको छ, ‘च्याप्टरहरुकै सभापतिको संयोजकत्वमा आवश्यक सदस्यसहित एक अधिवेशन तयारी समिति निर्माण गर्ने केन्द्रको निर्णय नेपाली जनसम्पर्क समिति अमेरिकाको हित बिपरित छ ।’ बिज्ञप्तिमा अगाडी भनिएको छ, ‘कांग्रेस केन्द्रीय कार्यालयले प्रष्ट रुपमा च्याप्टरका सभापतिहरुसंग परामर्श गरी भन्ने अनुच्छेद अधिवेशन तयारी समितिलाई स्मरण गराउन चाहान्छौ ।’ बिज्ञप्तिमा चेतवानीको भाषामा भनिएको छ, ‘अधिवेशन तयारी समितिको बैठकले गरेको निर्णयले संगठनलाई थप क्षति मात्र पु-याउनेछ । सेप्टेम्वर १५ को बैठकको गरेको निर्णय फिर्ता नलिएसम्म च्याप्टर सभापतिहरु केन्द्रीय समितिलाई पूर्ण असहयोग गर्ने निर्णयमा पुगेको छौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा