उमेदवार अपरहण गर्न थाले माओवादी विरुद्ध कारवाही गर्नु पर्छः पुन

५ आश्विन २०७०, शनिबार १९:५३ मा प्रकाशित

काठमाडौ, ५ असोज । एकीकृत नेकपा माओवादीका नेता वर्षामान पुनले निर्वाचन बहिस्कारको घोषणा गरेको माआवादीले उमेदवारहरुलाई अपहरण र बन्धक बनाउन थाले उनीहरुविरुद्ध सरकारले कारवाही गर्नु पर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा पुनले भने, ‘माओवादी उमेदवार अपरहण गर्न तिर लागे सरकारले कानून अनुसार कारवाही गर्नु पर्छ ।’ साक्षात्कारमा पुनले नेकपा–माओवादी निर्वाचन गर्ने गरी आए अहिले पनि तयारीको लागि मंसिर भित्र नै चुनाव गर्ने गरी नयाँ मिति तय गर्न सकिने स्पष्ट पार्दै अब मन्त्री परिषदका अध्यक्षको प्रधानन्यायाधिस पदबाट राजिनामा सम्भव नभएको बताए । निर्वाचनको सुरक्षाको लागि विगत देखिनै नेपाली सेना ब्याकअप फोर्सको लागि परिचालित हुँदै आएको उल्लेख गर्दै निर्वाचनको लागि सरकारको सेना परिचालन गर्ने निर्णय कानून सम्मत भएको बताए । यद्यपी उनले सेना माओवादी माथि दमन गर्ने उद्देश्यले भने परिचालित हुन नहुने तर्क गरे । उनले भने–माओवादीले संविधान भित्र रहेर राजनीतिक माग राखिरहेकोले उनीहरु विरुद्ध दमनको रणनीति बनाउन हुँदैन । २०६४ सालको निर्वाचनमा प्रहरी र ससस्त्र प्रहरीले सम्पन्न गरेकोले यस पटक पनि उनीहरुबाटै सम्पन्न गर्न सकिने विश्वास ब्यक्त गर्दै पुनले सेनालाई ब्याकअपको रुपमा मात्र परिचालन हुनु पर्ने बताए । उनले पार्टीले निर्वाचनको लागि उमेदवारको सूचि तयार पारिसकेको जानकारी दिदै चारदिनभित्रमै सबै नाम सार्वजनि गर्ने बताए । मुलुकको राजनीतिको नेतृत्व आफनो पार्टीले गरेकोले पनि सबै भन्दा पहिला नाम सार्वजनिक गर्ने तयारीमा आफूहरु रहेको स्पष्ट पारे । एमाले सचिव शंकर पोख्रेलले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन प्रयास गर्ने समय समाप्त भएको स्पष्ट पार्दै निर्वाचन बहिस्कार गर्नेहरु पनि कसलाई हराउने भन्ने भावनाका साथ परोक्ष रुपमा निर्वाचनमा सहभागि हुने दावी गरे । उनले निर्वाचनमा प्रहरी र शसस्त्र निर्वाचनमा पुरै परिचालित हुने भएकोले राज्यको सुरक्षा संबेदनशिलतालाई मध्यनजर गरेर नेपाली सेनालाई उच्चसर्तकतामा राख्नु स्वभाविक भए पनि सेना निर्वाचनको काममा भने प्रत्यक्ष रुपमा सहभागि नहुने स्पष्ट पारे । दलहरुकै सहमतिमा सरकारले सेना परिचालनको निर्णय गरेको भन्दै निर्वाचनमा असन्तुष्ट दलहरुबाट हुने चुनौति समाधान गर्न राजनीतिक दल र सरकार सक्षम रहेको दावी गरे । विधी र कानून नमान्ने पार्टी पहिलो संविधानसभाको निर्वाचनबाट पहिलो पार्टी भएकोले असफल भएको दावी गर्दै पोखेलले अबको निर्वाचनबाट शक्ति सन्तुलन फेरिनु पर्ने तर्क गरे । उनले बहिस्कारले निर्वाचनमा असर पारे पनि बहिस्कार गर्नेहरु निर्वाचन पछि आफै जनताबाट बहिस्कृत भएर जाने भएकोले नेकपा–माओवादीले आफूलाई सच्याएर निर्वाचनमा सहभागिता जनाउनु पर्ने बताए । आफ्नो पार्टीले विधी सम्मत रुपमा उमेदवार छनौट गर्ने काम टुङग्याएको जानकारी दिदै अरु पार्टीको नाम हेरेर घोषणा गरिने स्पष्ट पारे । काग्रेस नेता गोपालमान श्रेष्ठले सुरक्षा संबेदनशिलतालाई ध्यानमा राखेर सरकारले भयरहित बातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाका सबै अंगको परिचालन र सुरक्षाको उपाय अपनाउनु पर्ने बताए । माओवादी निर्वाचनमा आएको भए राम्रो हुने भए पनि उ संबेदशिल नभएको कारणले उनीहरु विना नै निर्वाचनमा जान लागेको स्पष्ट पार्दै उनले सकेसम्म अझै माओवादीलाई निर्वाचनमा ल्याउन प्रयत्न गर्नु पर्ने धारणा राखे । बाहिर आए जस्तो पार्टी भित्र कुनै द्धन्द नभएको दावी गर्दै उनले समयमा नेपाली काग्रेसले संसदीय बोर्ड गठन गरेर उमेदवारको चयन गर्ने बताए । उनले भने–दुई दिनभित्रमै बोर्ड गठन भएर प्रक्रिया अघि बढ्छ । श्रेष्ठले दुर्गम क्षेत्रका उमेदवारहरुलाई पहिला नै टिकट दिएर जिल्ला पठाउने र सुगम क्षेत्रकालाई भने मनोनयनको दुई दिन अघिमात्र दिईने जानकारी दिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देबले परिवर्तनको लडेको माओवादीलाई निर्वाचनमा ल्याउन उच्चस्तरीय राजनीतिक समितिले मन्त्री परिषदका अध्यक्षलाई प्रधानन्यायाधिस पदबाट राजिनामा गराउन सक्नु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।