जातीय संघीयताको पक्षमा सत्तारुढ दल

२ बैशाख २०६९, शनिबार ०८:५४ मा प्रकाशित

कठमाडौ, २ बैशाख । सत्तारुढ प्रमुख दल एकीकृत नेकपा माओवादी र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा जातीय पहिचान सहितको संघीयताको पक्षमा एक भएर उभिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलहरुको छलफलमा जातीय पहिचान विनाको संघीयता भएको संविधानलाई स्विकार नगर्ने स्पष्ट पार्दै त्यस विरुद्ध भईरहेका षडयन्त्रलाई समेत चिर्दै अगाडि बढने सहमति पनि भएको छ ।
बैठकमा जन्मको आधारमा नागरिकता पाएको जन्मसिद्ध नागरिकता बाहकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिने विषयमा संविधान संसोधन गरेर अगाडि बढ्ने सहमति पनि भएको छ ।
बैठकले संविधानका विवादित विषयहरुमा समेत सत्तारुढ दलहरुले समान धारणा बनाएर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
बैठकमा समावेशी विद्येयक तत्काल संसदबाट पारित गराउने, मधेसी यूवालाई नेपाली सेनामा समूहगत प्रवेश गराउने विषयलाई सुनिश्चित गर्ने गरी ब्यवस्था मिलाउने र चार बुँदे सहमति कार्यान्वयनको विषयमा पनि छलफल भएको छ ।
मोर्चाले चार बुँदे सहमति कार्यान्वयन नभएकोमा माओवादी नेतृत्व  प्रधानमन्त्रीको गंभिर ध्यान आर्कषित गराउको थियो । बैठकले सेना समायोजन प्रक्रिया अगाडि बढ्नुलाई सरकारको प्रमुख उपलब्धि भएको ठहर समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप