देउवा लागे काँग्रेस हराउने खेलमा

५ आश्विन २०७०, शनिबार १०:०८ मा प्रकाशित

काठमाडौ, ५ असोज । काँग्रेस नेता शेर बहादुर देउबाको कारण देशकै सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले उमेदबार छनौट गर्ने संसदीय समिति र उमेदबार छनौट गर्ने कार्य सुरु गर्न सकेको छैन । कांग्रेसले बहुमत ल्याउदा भाग बन्डाको राजनीति सकिने र आफ्नो अस्तित्व र हैसियत बुझेका देउबा काँग्रेसलाई दोस्रो दलमै सिमित पार्न चाहन्छन । कारण निर्वाचनको अन्तिम घडीमा देउबा सभापति सुशिल कोइरालाई असहयोग गर्दै छन्, काँग्रेसलाई दोस्रो दलमै सिमित पार्ने खेल खेल्दै छन् । उमेवदार छनौट र त्यसका लागि गठन गर्नु पर्ने संसदीय बोर्ड गठनमा समेत भाजो हाल्दै छन् देउबा । दरबारमा सत्ता सुम्पेर कांग्रेस सक्ने खेल खेल्दा पनि सत्ता पाउन नसकेका देउवा भाग बन्डाको राजनीतिमा यति बेला मोल मोलाइको रणनीतिमा जुटेका छन देउवा । काँग्रेसलाई दोस्रो दलमै सिमित पारेर आफ्नो सत्ता साध्य पुरा गर्न लागेका देउवा काँग्रेस हराउने बाटो रोज्दै छन् । सभापति सुशिल कोइरालाले देउवा पक्षका दुई पदाधिकारी र थप तीन सदस्य गरेर संसदीय बोर्डमा पाँच सदस्य देउवालाई दिन सहमत भए पनि देउवाले त्यो भन्दा बढी सदस्य आफूले पाउनु पर्ने अडान राख्दै बोर्ड गठनमा अवरोध गरिरहेका छन् । आखिर शेर बहादुर देउबा लाग्दै छन काँग्रेस हराउने खेलमा ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा